News Summary
Generated by OK AI. Editorially reviewed.- महेश त्रिपाठी, अर्पण थापा, बेनिशा हमाल स्टारर फिल्म 'द ब्लू लाइट' पुस १० गतेबाट प्रदर्शनमा आउँदै छ।
- फिल्मको पोस्टरमा सबै पात्र निराश देखिएका छन् र महेश त्रिपाठीको हातमा बञ्चरो छ।
- 'द ब्लू लाइट' मनोवैज्ञानिक-थ्रीलर जनरामा निर्माण भएको छ र स्काइफल पिक्चर्सले प्रस्तुत गरेको छ।
काठमाडौं । महेश त्रिपाठी, अर्पण थापा, बेनिशा हमाल स्टारर फिल्म ‘द ब्लू लाइट’ को प्रदर्शन मिति तय भएको छ ।
निर्माताले पोस्टर सार्वजनिक गर्दै १० पुसदेखि फिल्म रिलिज हुने जनाएका छन् ।
फिल्मको सेटिङ र मुड दर्शाउने फिल्मको पोस्टरमा महेश त्रिपाठी, अर्पण थापा, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र आयुशमान देशराज जोशी अटाएका छन् ।
सबै पात्र निराश देखिन्छन् । फरक यत्ति हो- महेशको हातमा बञ्चरो छ । अरुको हात रित्तो छ । पात्रहरू तनावमा देखिए पनि त्यसको कारण के हो, त्यसबारे भने पोस्टरमा दर्शाइएको छैन ।
बलिराम चौहानको निर्देशन रहेको ‘द ब्ल्यू लाइट’ पुस १० गतेबाट रिलिजमा आउँदै छ ।
फिल्मको शीर्ष भूमिकामा अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र सुरक्षा इटानी छन् । बालकलाकारमा गृष्मा कटुवाल र सहारा शर्मा छन् ।
मनोवैज्ञानिक-थ्रीलर जनरामा निर्माण भइरहेको फिल्मलाई स्काइफल पिक्चर्सले प्रस्तुत गरेको हो । सहायक निर्मातामा रमन ग्रे छन् । छायांकन नरेन्द्र मैनालीले गरेका हुन् ।
प्रतिक्रिया 4