
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा कथानक फिल्म ‘द ब्लू लाइट’को पोस्टर सार्वजनिक भयो जसमा बेनिशा हमाल फिचर्ड छन्।
- पोस्टरले फिल्मको साइकोलजिकल थ्रीलर शैली र सहरी नाइटलाइफको कथा संकेत गर्दछ।
- छायांकन २० दिनमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सुरु भएको छ र सन् २०२५ भित्र रिलिज हुने अपेक्षा छ।
काठमाडौं । कथानक फिल्म ‘द ब्लू लाइट’को पोस्टर सार्वजनिक भएको छ । आइतबार सार्वजनिक पोस्टरमा बेनिशा हमाल फिचर्ड छिन् ।
नीलो प्रकाशको पृष्ठभूमि र रङको संयोजनमा एक पात्र धुमपान गर्दैछिन् । बेनिशा हमालले उक्त पात्रको भूमिका निर्वाह गरेकी छन् । उक्त पात्र हतास मुडमा देखिन्छ ।
पोस्टरले फिल्म र चरित्र चित्रणबारे अनुमानसम्म लगाउन सकिन्छ । प्रायः फिल्ममा नीलो प्रकाशको अर्थ ‘सहरी नाइट लाइफ’ भन्न बुझिन्छ । यदि यसो हो भने, ‘द ब्लु लाइट’ सहरी नाइटलाइफको कथा हो ।
केही दिनअघि अनलाइनखबरसँग कुरा गर्दै अभिनेत्री हमालले यो फिल्मलाई साइकोलजिकल थ्रीलर फिल्मको रुपमा ब्याख्या गरेकी थिइन् । आफूले अहिलेसम्म खेलेका फिल्ममध्ये यो फिल्मको स्क्रिप्ट उत्कृष्ट रहेको उनको भनाइ थियो ।
विहिबारदेखि यसको छायांकन सुरु भैसकेको छ । काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा खिचिने फिल्मको छायाकंन तालिका २० दिनको छ । फिल्मलाई बलिराम चौहानले निर्देशन गरिरहेका छन् ।
‘द ब्लू लाइट’को प्रमुख भूमिकामा बेनिशासँगै अर्पण थापा, महेश त्रिपाठी, आयुशमान जोशी,सृष्टि श्रेष्ठ, सुरक्षा इटानी छन् । बालकलाकारमा गृष्मा कटुवाल र सहारा शर्मा छन् ।
फिल्मलाई स्काइफल पिक्चर्सको प्रस्तुत गर्न लागेको हो । सह निर्मातामा रमन ग्रे छन् । कार्यकारी निर्मातामा भने छायाँकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन् ।
यो फिल्मबाट बेनिशाले निर्मात्रीको रुपमा डेब्यु गरेकी हुन् । आकाश उखेडा मुख्य सहायक निर्देशक रहेको चलचित्रमा रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।
‘द ब्ल्यू लाइट’ सन् २०२५ भित्रै रिलिज हुने निर्देशक चौहानले बताएका छन् ।
प्रतिक्रिया 4