+

२५औं आहारारा पोखरा गोल्डकप फुटबल फ्लडलाइटमा हुने

२०८२ माघ  १६ गते २०:३८ २०८२ माघ १६ गते २०:३८
२५औं आहारारा पोखरा गोल्डकप फुटबल फ्लडलाइटमा हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आहारारा पोखरा गोल्डकपको २५औं संस्करण पहिलो पटक फ्लडलाइटमा खेलाइने सहारा क्लब, पोखराले जनाएको छ।
  • प्रतियोगिता माघ २७ देखि फागुन ९ गतेसम्म पोखरा रंगशालामा आयोजना हुनेछ।
  • सहारा क्लबले २५औं संस्करणले विरासतलाई सम्मान गर्दै नयाँ युगतर्फ कदम चाल्ने उल्लेख गरेको छ।

१६ माघ, काठमाडौं । मोफसलको प्रतिष्ठित नकआउट फुटबल प्रतियोगिता आहारारा पोखरा गोल्डकपको २५औं संस्करण फ्लडलाइटमा खेलाइने भएको छ ।

प्रतियोगिताको सिल्भर जुब्लीको अवसरमा २५औं संस्करण फ्लडलाइटमा खेलाइने आहारारा पोखरा गोल्डकपको आयोजक सहारा क्लब, पोखराले जनाएको छ ।

आहारारा पोखरा गोल्डकपको इतिहासमा पहिलो पटक फ्लडलाइटमा हुन लागेको हो । ‘२५ वर्षदेखि पोखराले खुला आकाशमुनि फुटबललाई महसुस गर्दै आएको छ। हर्ष, आँसु र अविस्मरणीय क्षणहरूसँगै। यो वर्ष भने आकाश अँध्यारो रहनेछ, मैदान उज्यालो हुनेछ’ सहारा क्लबले सामाजिक सञ्जालमा भनेको छ ।

‘२५औं संस्करणले विरासतलाई सम्मान गर्दै नयाँ युगतर्फ कदम चाल्दैछ। इतिहास रोकिँदैन। यो अगाडि बढ्छ’ सहारा क्लबले थपेको छ ।

२५औं आहारारा पोखरा गोल्डकप माघ २७ गतेदेखि फुगन ९ गतेसम्म पोखरा रंगशालामा हुनेछ ।

२५औं आहारारा पोखरा गोल्डकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय