News Summary
Generated by OK AI. Editorially reviewed.- सन्नी देओल स्टारर फिल्म ‘बोर्डर २’ ले नेपालमा २ करोड २१ लाख ९३ हजार ९१० नेरु ग्रस कमाएको छ।
- ‘बोर्डर २’ का लागि ६९ हजार ६६ वटा टिकट बिक्री भएका छन्।
- प्रभास स्टारर भारतीय फिल्म ‘द राजा साब’ले नेपालमा १ करोड ७७ लाख नेरु ग्रस कमाएको छ।
काठमाडौं । सन्नी देओल स्टारर फिल्म ‘बोर्डर २’ को नेपाल कमाइ २ करोड नेरु ग्रस नाघेको छ । सिनेपाः बक्सअफिसले पछिल्लो शनिबार अर्थात १७ माघसम्मको विवरण सार्वजनिक गरेको छ ।
जसअनुसार, ‘बोर्डर २’ को अहिलेसम्मको कुल कलेक्सन २ करोड २१ लाख ९३ हजार ९१० नेरु ग्रस कमाएको छ । यसका ६९ हजार ६६ वटा टिकट बिक्री भएका छन् ।
क्रिस प्राट स्टारर हलिउड फिल्म ‘मर्सी’ ले ३ लाख ३९ हजार नेरु ग्रस कमाएको छ । ‘ट्वेन्टि एट इयर्स लेटर’ को कुल कमाइ ८ लाख ७५ हजार नेरु ग्रस छ ।
सिड्नी स्विनी स्टारर हलिउड फिल्म ‘द हाउसमेड’ ले १२ लाख ५२ हजार नेरु ग्रस कमाएको छ । प्रभास स्टारर भारतीय फिल्म ‘द राजा साब’को कलेक्सन १ करोड ७७ लाख नेरु ग्रस छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4