+
+
Shares

भारतमा ‘बोर्डर २’ को कमाइमा उछाल, ४ दिनमै २ सय करोड भारु

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १३ गते १२:२९
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन्नी देओल स्टारर बलिउड फिल्म 'बोर्डर २' ले प्रदर्शनको ३ दिनमै १०० करोड भारु कमाएको छ।
  • फिल्मले २६ जनवरीको रिपब्लिक डेमा ६३.५९ करोड भारुको कमाइ गर्‍यो र चार दिनमा कुल १९३.४८ करोड भारु कमायो।
  • 'बोर्डर २' ले 'फाइटर', 'पद्मावत', 'रईस' र 'अग्निपथ' लाई पछाडि पार्दा पनि 'पठान' लाई उछिन सकेको छैन।

मुम्बई । रिलिज भएदेखि नै सन्नी देओल स्टारर बलिउड फिल्म ‘बोर्डर २’ ले भारतीय बक्सअफिसमा तहल्का पिटिरहेको छ । अनुराग सिंह निर्देशित फिल्मले सन् १९७१ को भारत–पाकिस्तान युद्धमा आधारित कथा भन्छ, जसलाई दर्शकले रुचाएका छन् ।

यो फिल्मले प्रदर्शनको ३ दिनमै १०० करोड भारु कमायो । चौंथो दिनमा त ४ ठूला फिल्मलाई कमाइमा उछिन्यो । यद्यपि, देशकै सबैभन्दा धेरै कमाउने रिपब्लिक डे रिलिजको रूपमा रहेको शाहरुख खानको ‘पठान’ लाई भने यसले अझै उछिन्न सकेको छैन ।

यो सूचीमा ‘बोर्डर २’ दोस्रो स्थानमा छ । रिपब्लिक डे अर्थात् २६ जनवरीको दिनमा यो फिल्मले उछाल कमाइ गर्‍यो । उक्त कमाइको मद्दतमा फिल्मको चौंथो दिनसम्मको कमाइ भारतीय बक्सअफिसमा १९३.४८ करोड भारु नेट कलेक्सन छ ।

३२.१० करोड भारुको ओपनिङ गरेको फिल्मको कमाइ दोस्रो दिन शनिबार ४०.५९ करोड भारु रह्यो । तेस्रो दिन आइतबार ५७.२० करोड भारु र चौंथो दिनमा ६३.५९ करोड भारु छ ।

‘बोर्डर २’ ले रिपब्लिक डेको कमाइमा चारवटा ठूला फिल्महरू- ‘फाइटर’, ‘पद्मावत’, ‘रईस’ र ‘अग्निपथ’लाई नराम्ररी पछाडि पारिदिएको छ । तर, यसले शाहरुख खानको ‘पठान’ लाई भने भेट्न सकेन । ‘पठान’ ले आफ्नो रिलिजको दोस्रो दिन (रिपब्लिक डेको दिन) ६८ करोड कमाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?