+
+
Shares

मोडल वाच : फिल्म डेब्यू तयारीमा ‘स्टार किड्स’ शिरिषा

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १९ गते १५:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली फिल्म क्षेत्रमा नयाँ स्टार किड्सको सूचीमा ऋषि न्यौपानेकी छोरी शिरिषा न्यौपाने थपिने भएकी छन्।
  • शिरिषा अमेरिकामा उच्च शिक्षा पूरा गरी नेपाली फिल्म क्षेत्रमा अभिनय गर्ने तयारीमा छिन्।
  • निर्देशक ऋषि न्यौपानेले छोरीलाई पूर्ण तयारीपछि फिल्ममा डेब्यु गराउने योजना बनाइरहेका छन्।

काठमाडौँ । बाबु-आमाको बिँडो थाम्दै नेपाली फिल्म नगरीमा पाइला राख्ने ‘स्टार किड्स’ को सूची दिन प्रतिदिन बढ्दो छ । यसमा नयाँ नाम पनि थपिने भएको छ शिरिषा न्यौपाने ।

शिरिषा सफल फिल्म निर्देशक ऋषि न्यौपानेकी छोरी हुन् । उनी अभिनयमा आउन तयार छिन् । जसको अनुमान उनले हालै गराएको ‘ग्ल्यामरस’ फोटोसुटबाट पनि लगाउन सकिन्छ ।

लामो समयदेखि अमेरिकामा रहँदै आएकी शिरिषाले त्यहाँ आफ्नो उच्च शिक्षा पूरा गरेकी छन् । अमेरिकाको बसाई र अध्ययनपछि अब भने उनी नेपाली फिल्म क्षेत्रमा आफ्नो भविष्य खोज्ने उद्देश्यका साथ अगाडि बढिरहेकी छन् ।

त्यसैले पनि उनले फोटोग्राफर कुवेर डङ्गोलसँग फोटो खिचाएकी छन् । त्यसो त उनको लागि फिल्म क्षेत्र नौलो भने होइन । बालकलाकारका रूपमा केही फिल्ममा काम गरिसकेकी छन् । अर्काे पारिवारिक माहोल नै फिल्ममय भएकोले उनमा सानैदेखि यस क्षेत्रप्रति रुचि थियो ।

यता निर्देशक न्यौपाने पनि छोरीलाई अभिनयमा ल्याउन चाहन्छन् । दर्जनभन्दा बढी चलचित्र निर्देशन गरिसकेका न्यौपाने यतिबेला आफ्नै नयाँ फिल्म निर्माण तयारीमा छन् । फिल्मबाट उनले छोरीलाई डेब्यु गराउने नगराउने केही बताएका छैनन् ।

‘छोरीको अभिनय आउने सोच छ । जसको तयारी पनि उनी गरिरहेकी छन्’, ऋषि भन्छन्, ‘छोरीलाई पूर्ण तयारी गराएर मात्रै पर्दामा उतार्ने सोच छ ।’ उनका लागि केही फिल्मको अफर आइरहेको बताउने ऋषि छिट्टै फिल्ममा देखिने संकेत गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?