News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) अध्यक्ष चन्द्रप्रसाद ढकाललाई थाइल्यान्डको बैंककमा बसेको एसियाली ऋण महासंघको ११९औं बोर्ड बैठकले कोषाध्यक्ष चयन गरेको छ।
- नेफ्स्कूनले महासंघ कोषाध्यक्षमा अध्यक्ष मनोनीत हुनु मुलुकको बचत तथा ऋण अभियानमा सकारात्मक सन्देश गएको जनाएको छ।
- ढकालले नेपाल र महासंघबीचको सम्बन्ध प्रगाढ हुने र बचत तथा ऋण अभियानका असल अभ्यास आन्तरिकीकरणमा सहयोग पुग्ने बताए।
२० माघ, काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) अध्यक्ष चन्द्रप्रसाद ढकाल एसियाली ऋण महासंघ कोषाध्यक्ष चयन भएका छन् ।
थाइल्यान्डको बैंककमा सोमबार बसेको महासंघको ११९औं बोर्ड बैठकले रिक्त कोषाध्यक्ष पदमा ढकाललाई मनोनीत गरेको हो ।
महासंघ कोषाध्यक्षमा नेफ्स्कुन अध्यक्ष मनोनीत हुनु भनेको मुलुकको बचत तथा ऋण अभियानमा सकारात्मक सन्देश गएको नेफ्स्कुनले जनाएको छ ।
यसबाट नेपाल र महासंघबीचको सम्बन्ध अझ प्रगाढ हुने तथा बचत तथा ऋण अभियानका असल अभ्यासलाई मुलुकमा आन्तरिकीकरण गर्न थप सहयोग पुग्ने कोषाध्यक्ष मनोनीत ढकालले बताए ।
महासंघ एसियाली स्तरको बचत तथा ऋण सहकारी संघसंस्थाहरूको सञ्जाल हो । नेफ्स्कून पनि यसको सदस्य छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4