+
+
Shares

वाङ्खेडेमा नेपाली टिमको हौसला बढाउँदै कलाकार, कन्टेन्ट क्रिएटर

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २५ गते १८:२१
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत नेपालले इंग्ल्यान्डविरुद्ध पहिलो खेल खेलिरहेको छ।
  • नेपाली कलाकार र कन्टेन्ट क्रिएटरहरू मुम्बईको वाङ्खेडे रंगशालामा पुगेर टिमलाई समर्थन गरिरहेका छन्।
  • गायिका रचना रिमालले नेपाली प्रशंसकलाई ढाकाटोपी लगाइदिएकी छन् र सामाजिक सञ्जालमा समर्थन सन्देश पोस्ट गरिरहेकी छन्।

मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले अहिले इंग्ल्यान्डविरुद्ध खेलिरहेको छ । यस्तोमा, आफ्नो टिमलाई समर्थन जनाउँदै नेपाली कलाकार र कन्टेन्ट क्रिएटर पनि मुम्बईमा पुगेका छन् ।

त्यहाँको वाङ्खेडे रंगशालामा पुगेर उनीहरूले देशलाई हौसला बढाइरहेका छन् ।

गायिका रचना रिमाल, मोडल तथा अभिनेत्री करिश्मा श्रेष्ठ, कन्टेन्ट क्रिएटर प्रशंसा रायमाझीदेखि चर्चित टिभी होस्ट रोनिश्मा श्रेष्ठ पनि अहिले वाङ्खेडे रंगशालमा छन् ।

उनीहरूले आफ्नो टिमको हौसला बढाउँदै सामाजिक सञ्जालमा समर्थनका भिडियो र सन्देश पोस्ट गरिरहेका छन् । टिम नेपालको जर्सीमा सजिँदै उनीहरूले हौसला बढाउन समेत आग्रह गरिरहेका छन् ।

गायिका रिमालले त त्यहाँ पुगेका नेपाली टिमका प्रशंसकलाई ढाकाटोपी लगाइदिएकी छन् । सेलिब्रेटीको यस्तै क्रेज हालैको एनपीएलमा पनि देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?