News Summary
Generated by OK AI. Editorially reviewed.- नेटफ्लिक्सले एइचिरो ओडाको माङ्गा \'वान पिस\'को दोस्रो सिजनको ट्रेलर सार्वजनिक गरी मार्च १० देखि प्रिमियर गर्ने घोषणा गरेको छ।
गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा काठमाडौंमा समेत ‘वन पिस’को झन्डा देखिएको थियो । सोही झन्डा भएको ‘वान पिस’को नयाँ सिजन नेटफ्लिक्समा आउने भएको छ ।
अहिले नेटफ्लिक्सले एइचिरो ओडाको प्रख्यात माङ्गा ‘वान पिस’मा आधारित शृङ्खलाको दोस्रो सिजनको नयाँ ट्रेलर सार्वजनिक गरिसकेको छ । नेटफ्लिक्सका अनुसार यस नयाँ सिजन मार्च १० देखि प्रिमियर हुनेछ।
दोस्रो सिजनमा ‘स्ट्र ह्याट्स’ भनेर चिनिने चिनिने लुफी आफ्ना समुद्री डाकुहरूको टोली सहित ‘ग्रान्ड लाइन’तर्फ बढेको देखिन्छ । पहिलो सिजनको तुलनामा नयाँ सिजनमा नयाँ पात्रहरू समेत देखिएका छन् ।
यस सिजनमा रूसी अभिनेत्री लेरा अबोभाले निभाएको निको रोबिनको भूमिका समेत देख्न पाइने भएको छ ।
२०२३ मा पहिलो सिजन प्रिमियर भएको यो सिजनले निकै ठूलो सफलता पाएको थियो । एइचिरो ओडाद्वारा लिखित मूल ‘वान पिस’ माङ्गा १ एहजार १०० भन्दा बढी अध्यायहरू छन् ।
सन् १९९७ देखि प्रकाशित हुँदै आएको यो माङ्गा ३० वर्षको अवधिमा विश्वभर ५० करोडभन्दा बढी प्रतिहरू बिक्री भइसकेको बताइन्छ ।
प्रतिक्रिया 4