News Summary
Generated by OK AI. Editorially reviewed.- साहित्यकार कुमार शर्माको पहिलो उपन्यास कम्पनी अस्ट्रेलियाको सिड्नीस्थित ब्ल्याकटाउन सिटी काउन्सिलको आयोजनामा लोकार्पण भएको छ।
२८ माघ, काठमाडौं । साहित्यकार कुमार शर्माको पहिलो उपन्यास ‘कम्पनी’ सार्वजनिक भएको छ । अस्ट्रेलियाको सिड्नीस्थित ब्ल्याकटाउन सिटी काउन्सिलको आयोजनामा उपन्यास लोकार्पण भएको हो । गार्गी शर्मा, ज्ञानु वाकर पौडेल, कुमार शर्मा, सानु घिमिरे र शौरभ श्रेष्ठले संयुक्त रूपमा उपन्यासको लोकार्पण गरे ।
कार्यक्रममा लेखक, अग्रज साहित्यकार र नेपाली डायस्पोरिक समुदायको उल्लेख्य सहभागिता थियो ।
सानु घिमिरेले पुस्तक संवादको संयोजन गर्दै उपन्यासका विविध आयामबारे चर्चा गरे । ‘महबी मिका’ का लेखक प्रकाश पन्थी र ‘विषाणु ऋ’ उपन्यासकी सर्जक प्रज्ञा पनेरुले लोकार्पित पुस्तक ‘कम्पनी’ माथि समीक्षात्मक टिप्पणी गरे ।
करिब एक दशकदेखि सिड्नीमा बसोबास गर्दै आएका शर्मा अस्ट्रेलियाको पोस्टल सर्भिसेजमा कार्यरत छन् । लामो समय अखबारी लेखनमा संलग्न रहेपछि उनी आख्यान लेखनतर्फ लागेका हुन् ।
‘कम्पनी’ उपन्यास दक्षिण कोरियाको सोल शहरमा बस्ने एक विद्यार्थी र मजदुर जीवनको दोसाँध वरिपरि केन्द्रित छ । परम्परागत बाटो नहिँडेर आफ्नो मनको आवाज सुन्ने एक युवकको ‘कमिङ अफ द एज’ कथा यस उपन्यासमा प्रस्तुत गरिएको छ।
उपन्यास बुक हिल पब्लिकेशनले प्रकाशित गरेको हो । Thuprai.com र Kitabyatra.com मार्फत देश–विदेशबाट, साथै Kitabadda.com.au र saramsha.com.au मार्फत अस्ट्रेलियाभरि सजिलै अर्डर गर्न सकिने व्यवस्था गरिएको छ।
प्रतिक्रिया 4