+
+
Shares

प्रहरी हवल्दारको हत्यामा संलग्न आशिष पक्राउ

नरेन्द्र कार्की नरेन्द्र कार्की
२०८२ माघ २८ गते १७:०७

२८ माघ, दार्चुला । सामुदायिक प्रहरी सेवा केन्द्र बंगाबगडमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्याका अर्का एक आरोपित पक्राउ परेका छन् । घटनाका मुख्य योजनाकार भनिएका आशिष पाल पक्राउ परेका हुन् ।

जिल्ला  प्रहरी कार्यालय दार्चुलाका डिएसपी गौरब महतका अनुसार आशिष  पाललाई दुहुँ गाउँपालिकाको जङ्गलबाट पक्राउ गरिएको हो । यसअघि मंगलबार राति राजेन्द्र डडाललाई  नौगाडको होपरिगाडबाट पक्राउ गरिएको थियो ।

घटनामा संग्लन रहेका अन्य दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनालगत्तै प्रहरीले २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरिएको थियो ।

घटनामा संलग्न रहेका पूजा बियर बारका सञ्चालक जानकी पाल र मनिस पाल भने अझै फरार रहेको डीएसपी महतले बताए । उनीहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

मृतकको शवको जिल्ला अस्पताल दार्चुलामा पोष्टमार्टम गरेर अन्तिम दाहसंस्कार गरिएको छ ।

प्रहरी हवलदार घर्तीको टाउकोमा आठ वटा ठाउँमा धारिलो हतियार प्रहार गरिएको पोष्टमार्टम रिपोर्टले देखाएको छ । जिल्ला अस्पताल दार्चुलाका डाक्टर रविन्द्र भट्टराईका अनुसार, मृतकको टाउकोमा पछाडिबाट हतियार प्रहार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?