+
+
Shares

दाङ- २ : नेकपाका उम्मेदवारलाई आजपाका उम्मेदवारको समर्थन

दाङ प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार रहेका आम जनता पार्टीका उम्मेदवारले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारलाई समर्थन गरेका छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ४ गते १५:४७

४ फागुन, दाङ । दाङमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार रहेका आम जनता पार्टीका उम्मेदवारले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारलाई समर्थन गरेका छन् ।

सोमबार दाङको घोराहीमा आयोजित एक कार्यक्रमका बिच आजपाका कृष्णबहादुर विक नेकपाका उम्मेदवार निर्मल आचार्यलाई समर्थन घोषणा गरेका हुन् ।

आजपाले उठाएका चुनावी एजेण्डासहित जनताको न्याय र सुशासन प्रबर्द्धनका लागि नेकपाले उठाएका सवाल समान रहेकाले समर्थन गरेको उनले बताए ।

विकले विभिन्न नीति खारेज, लघुवित्त तथा वित्तिय संस्थाहरूकालाई राष्ट्रियकरण, लघुवित्तहरूको ऋण मिनाह, गरिब तथा विपन्न वर्ग समुदाय ३ प्रतिशत ब्याजदर कायम, भूमिहीन किसानलाई उचित बसोबासको व्यवस्थापन, प्रत्येक वडा कार्यालयहरु सामाजिक सुरक्षा भत्ताको सहज वितरण, वित्तिय संस्थाको अनियमितता माथि नियमन, गरिब परिचय पत्रका आधारमा ऋणको व्यवस्थापन, कालोसूचीमा परेका विपन्न गरिवहरुको फुकुवा, जिल्लाको विटक क्षेत्रमा मानविय तथा भौतिक विकासको उचित व्यवस्थापन लगायतका विषयमा चुनावी एजेन्डाको बनाएका थिए ।

समर्थन सभालाई सम्बोधन गर्दै नेकपा दाङ क्षेत्र नं. २ उम्मेदवार निर्मल आचार्यले उठाएको सवालहरुलाई नीतिगत व्यवस्थापनमा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?