+
+
Shares

निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ५ गते १३:१८

५ फागुन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सफल पार्न आह्वान गरेका छन् ।

मंगलबार शेर्पा संघले आयोजना गरेको ग्याल्पो ल्होसारको शुभकामना दिँदै उनले निर्वाचन सफल बनाउन आह्वान गरेका हुन् ।

उनले सुशासनमार्फत समृद्धि आउने र समृद्धिबाट मुलुकमा शान्ति, स्थायित्व, राष्ट्रिय एकता सुदृढ हुने विश्वास व्यक्त गरे ।

राष्ट्रपति पौडलले लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन भएको जिकिर गरे ।

उनले भने, ‘सुशासनमार्फत समृद्धिबाट नै मुलुकमा शान्ति, स्थायित्व र राष्ट्रिय एकता अझ सुदृढ हुन्छ । त्यसैका लागि लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन नै हुने भएकोले २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल पार्न आजको यस पावन अवसरमा म सबैलाई आह्वान गर्दछु ।’

२१ फागुनमा प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन सबै एक भएर लाग्नुपर्ने राष्ट्रपति पौडेलको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?