+
+
Shares

मौसम : उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ६ गते ६:१८

६ फागुन, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण देशका विभिन्न भागको मौसममा फेरबदल देखिएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मुलुकका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ।

आज दिउँसो तराई क्षेत्रका केही स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च भू-भागमा सामान्य बदली रहनेछ।

लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने देखिएको छ। अन्य क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ। विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भेगका केही स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना छ।

पहाडी भेगका थोरै स्थानमा छिटपुट वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?