१२ फागुन, धनगढी । कैलाली-५ मा नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका उम्मेदवार जगन्नाथ चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
चाैधरीले आफूले चुनावमा उठाएका सुशासन, समावेशिता र विकासकाे मुद्दा रास्वपाका उम्मेदवार आनन्द चन्दको एजेन्डासँग मिल्ने भएकाले उनलाई समर्थन गरेकाे बताएका छन् ।
उनले साेही कारण अब रास्वपाबाटै अघि बढ्ने निर्णय लिएकाे दाबी गरेका छन् ।
चाैधरीले आफ्नो प्रत्यक्ष उम्मेदवारी पनि फिर्ता लिएकाे बताएका छन् ।
रास्वपाका केन्द्रीय सदस्य लक्ष्मण थारू, हरि रेग्मी, जशु भट्ट लगायत नेताहरूले चौधरीलाई पार्टीमा स्वागत गरेका थिए ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै कैलाली-५ का उम्मेदवार चन्दले चौधरी जस्ता अनुभवी नेतृत्वलाई रास्वपामा आवश्यक भएको बताएका छन् ।
चौधरी प्रदेशसभा चुनावमा समेत नाउपाबाट उम्मेदवार बनेका थिए ।
प्रतिक्रिया 4