News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले क्षेत्रगत कर्जा सीमा दायरामा पर्यटन, सूचना प्रविधि र निर्यातमूलक उद्योग समावेश गर्ने निर्णय गरेको छ।
- मौद्रिक नीति २०८२/८३ को अर्धवार्षिक समीक्षामा निर्यातमूलक उद्योगमा कर्जा प्रोत्साहन नीति ल्याइएको छ।
- बैंक तथा वित्तीय संस्थाले प्रत्येक क्षेत्रमा न्यूनतम कर्जा अनुपात कायम गर्ने व्यवस्था परिमार्जन गर्ने घोषणा गरेको छ।
१२ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले क्षेत्रगत कर्जा सीमा दायरामा अब पर्यटन, सूचना प्रविधि (आईटी) र निर्यातमूलक उद्योग समेत समावेश गर्ने भएको छ ।
मंगलबार केन्द्रीय बैंकले मौद्रिक नीति २०८२/८३ को अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै निर्यातमूलक उद्योगमा कर्जा प्रोत्साहन नीति ल्याएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार अहिले क्षेत्रगत कर्जा सीमा दायरामा कृषि, ऊर्जा र घरेलु तथा साना उद्यम–व्यवसाय छन् । यी क्षेत्रमा कर्जा विस्तार गर्ने उद्देश्यले ल्याइएको सोही प्रावधानमा अब पर्यटन, आईटी र स्वदेशी कच्चापदार्थमा आधारित निर्यातमूलक उद्योग समेत समावेश गरिने भएको छ ।
साथै, बैंक तथा वित्तीय संस्थाले त्यस्ता प्रत्येक क्षेत्रमा न्यूनतम कर्जा अनुपात कायम गर्नुपर्ने विद्यमान व्यवस्था समेत परिमार्जन गर्ने घोषणा गरेको छ ।
प्रतिक्रिया 4