+
+
Shares

इजरायली आक्रमणमा परी इरानको एक विद्यालयमा पाँच जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १६ गते १६:२८

१६, फागुन, काठमाडौं । इजरायली आक्रमणमा परी इरानको एक प्राथमिक विद्यालयमा पाँच जनाको मृत्यु भएको छ ।

दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मिनाब सहरमा रहेको प्राथमिक विद्यालयमा इजरायलले आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको हो ।

इरानको सरकारी समाचार संस्था आईआरएनएका अनुसार मिनाब सहरमा रहेको एक बालिका प्राथमिक विद्यालयमा इजरायलले आक्रमण गरेको अलजजिराले जनाएको छ ।

उक्त आक्रमणमा पाँच जना विद्यार्थीको मृत्यु भएको समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?