+
+
Shares

यूएईमा रहेका नेपालीलाई अनावश्यक यात्रा नगर्न दूतवासको आग्रह

दूतावासले विशेषगरी अनावश्यक आवागमन कम गर्न, भीडभाडयुक्त स्थानहरूबाट टाढा रहन र आधिकारिक स्रोतबाट आउने सूचनामात्रै विश्वास गर्न आग्रह गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १६ गते १७:४४

१६ फागुन, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) स्थिति नेपाली दूतावासले यूएईमा रहेका नेपाली नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ ।

मध्यपूर्व क्षेत्रमा विकसित भइरहेका परिस्थितिलाई ध्यानमा राख्दै दूतावासले नेपाली नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

दूतावासले एक विज्ञप्ति जारी गर्दै यूएई सरकार तथा नेपाली  दूतावास/महावाणिज्य दूतावासले जारी गरेका सुरक्षा मार्गनिर्देशन र सूचनाहरूको पालना गर्न सबै नेपाली नागरिकलाई अनुरोध गरेको हो ।

विज्ञप्तिमा मध्यपूर्वको सिर्जित अवस्थालाई ध्यानमा राखी सम्भावित जोखिमबाट जोगिन सचेत रहन भनिएको छ ।

दूतावासले विशेषगरी अनावश्यक आवागमन कम गर्न, भीडभाडयुक्त स्थानहरूबाट टाढा रहन र आधिकारिक स्रोतबाट आउने सूचनामात्रै विश्वास गर्न आग्रह गरेको छ ।

दूतावासका अनुसार आपतकालीन सूचना, सल्लाह तथा सहयोगका लागि अबुधाबीस्थित नेपाली दूतावास र दुबईस्थित नेपाली महावाणिज्य दूतावाससँग सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ ।

दूतावासले आपतकालीन अवस्थामा सम्पर्क गर्नका लागि फोन नम्बर इमेल ठेगाना पनि सार्वजनिक गरिएको छ ।

अबुधाबीस्थित दूतावासको आपतकालीन सम्पर्क नम्बर +९७१ ५० ८१८०२८० रहेको छ भने इमेल ठेगाना eonabudhabi@mofa.gov.np सार्वजनिक गरिएको छ ।

त्यसैगरी, दुबईस्थित नेपाली महावाणिज्य दूतावासको फोन/ह्वाट्सएप नम्बर +९७१ ५० ३९४९३०४ रहेको छ ।

इमेलमार्फत सम्पर्क गर्न चाहनेले cgnudubai@mofa=gov=np jf nepalconsulate=dubai@gmail=com मा सम्पर्क गर्नसक्ने विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?