+
+
Shares

लोकप्रियतावाद र अराजकतावाद राजनीतिक स्थायित्वका लागि चुनौती : शंकर पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते ८:२४

२१ फागुन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकप्रियतावाद र अराजकतावाद मुलुकको राजनीतिक स्थायित्वका लागि चुनौतीका रूपमा रहेको बताएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदानपछि पत्रकारहरुलाई संक्षिप्त प्रक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

‘लोकतन्त्रलाई सही दिशा प्रदान गर्नेछ भन्ने विश्वासका साथ मैले मतदान गरेको छु,’ महासचिव पोखरेलले भने, ‘यतिबेला हाम्रो समाजमा देखा परिरहेको पपुलिजम र एनार्किजम नेपालको राजनीतिक स्थायित्वको चुनौतीका रूपमा रहेको छ ।’

यसपटककै निर्वाचनका माध्यमबाट सबै चिजको समाधान हुन्छ भन्ने कुराको सुनिश्चितता नभए पनि निर्वाचनले सही बाटो समात्ने र भविश्यमा लोकतन्त्रले स्थायित्वको आधार प्राप्त गर्ने उनको भनाइ थियो ।

महासचिव पोखरेलले नेपालका प्रमुख राजनीतिक दलहरू नै निर्वाचनबाट मुख्य शक्तिका रूपमा स्थापित हुने कुरामा कुनै सन्देह नभएको पनि जिकिर गरे ।

‘नेपालका प्रमुख राजनीतिक दलहरू जो विचारधाराको जगमा उभिएका छन् उनीहरू नै मुख्य शक्तिका रुपमा स्थापित हुने कुरामा कुनै सन्देह छैन,’ पोखरेलले भने, ‘मुलुकलाई अराजकतातर्फ, विध्वंशतर्फ लिएर जाने कुरा मुलुकको दीर्घकालीन हितमा हुँदैन भन्ने कुरा नेपाली जनताले महसुस गरेको देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?