+
+
Shares

सुदूरपश्चिमका सामाजिक विकासमन्त्री खड्काले गरे अछामबाट मतदान

सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मेघराज खड्काले अछामबाट मतदान गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते ९:३८

२१ फागुन, काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मेघराज खड्काले अछामबाट मतदान गरेका छन् ।

उनले अछाम–१ मा पर्ने दयापिपलतोला माध्यमिक विद्यालयमा मतदान गरेका हुन् । मन्त्री खड्का नेपाली कांग्रेस सुदूरपश्चिमका महामन्त्री पनि हुन् ।

कांग्रेसले अछाम–१ मा भरतकुमार स्वारलाई प्रतिनिधि सभा सदस्य उम्मेदवार बनाएको छ । यो क्षेत्रमा नेकपा एमालेबाट दीपक साउद र नेपाली कम्युनिस्ट पार्टीबाट भीम रावल उम्मेदवार छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ओमप्रकाश रावल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट लोकेन्द्रबहादुर शाहलाई उम्मेदवार बनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?