२१ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा मतगणना थालिएको छ । बिहीबार राति १० बजेदेखि सुरु हुने भनिए पनि केहीबेर ढिलागरी मतगणना भएको हो ।
काठमाडौंकै बानेश्वरमा रहेको सहकारी प्रशिक्षण केन्द्रमा मतगणना सुरु भएको हो । अहिले दुई स्थानबाट मतगणना थालिएको छ । केही समयपछि थप एक स्थानबाट गणना अघि बढाउने निर्वाचन कार्यालयले जनाएको छ ।
काठमाडौं निर्वाचन क्षेत्र १ मा कांग्रेसका प्रबल थापा क्षेत्री, एमालेका मोहनराज रेग्मी, नेपाली कम्युनिष्ट पार्टीका मेनुका भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीका रञ्जु न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्र लगायत उम्मेदवार प्रतिस्पर्धामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4