+
+
Shares

कैलाली-५ मा रास्वपाका चन्द २० हजार मतान्तरले विजयी

चन्द नेपाली कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाहलाई २० हजार मतले पराजित गर्दै विजयी भएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते १५:४२

२३ फागुन, काठमाडौं । कैलाली-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता आनन्दबहादुर चन्द विजयी भएका छन् । चन्द नेपाली कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाहलाई २० हजार मतले पराजित गर्दै विजयी भएका हुन् ।

चन्द ३१ हजार ९५३ मतका साथ प्रतिनिधि सभा सदस्य निर्वाचित हुँदा निकटत प्रतिद्वन्द्वी शाहले ११ हजार ९५८ मत ल्याएका छन् ।

कैलाली–५ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रेमबहादुर आले सात हजार ८७६ मतसहित तेस्रो भएका छन् ।

नेकपा एमालेका उम्मेदवार यज्ञराज ढुंगाना (उपाध्याय) पाँच हजार ८३९ मत प्राप्त गरेका छन् । यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रोशन शाहीले एक हजार ५९२ मत ल्याएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?