+
+
Shares

सिरहामा पोखरीमा महिलाको शव फेला 

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २७ गते १८:४०
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहाको औरही गाउँपालिका—५ स्थित पोखरीमा बुधबार एक महिलाको शव फेला परेको छ।
  • स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए र प्रहरीले शव पोखरीबाट बाहिर निकालेको छ।
  • प्रहरीले मृतकको पहिचान खुल्न नसकेको र थप अनुसन्धान सुरु गरिएको जनाएको छ।

२७ फागुन, सिरहा । सिरहाको औरही गाउँपालिका—५ स्थित एक पोखरीमा बुधबार एक महिलाको शव फेला परेको छ ।

स्थानीयले पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै पुगेको प्रहरी टोली घटनास्थलमा पुगी पोखरीबाट शव बाहिर निकालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार मृतकको हालसम्म पहिचान खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।

शव परीक्षणका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?