+
+
Shares

डब्लूटीओको व्यापार र वातावरण समितिको अध्यक्षमा नेपाल निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २८ गते १६:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदी विश्व व्यापार संगठनको व्यापार तथा वातावरण समितिको अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।
  • डब्लूटीओको व्यापार तथा वातावरण समिति व्यापार र वातावरणीय नीतिबीचको प्रभावबारे संवाद गर्ने प्रमुख स्थायी फोरम हो र दिगो व्यापार प्रवर्द्धन गर्न नीतिगत छलफल गर्छ।
  • नेपाल अति कम विकसित मुलुकको स्तरबाट स्तरोन्नति गर्ने तयारीमा रहेको बेला डब्लूटीओमा नेतृत्वदायी भूमिका पाउनु महत्त्वपूर्ण भएको परराष्ट्र मन्त्रालयले बताएको छ।

२८ फागुन, काठमाडौं । जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदी विश्व व्यापार संगठन (डब्लूटीओ) को व्यापार तथा वातावरण समिति (सीटीई) को अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।

परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार, बुधबार जेनेभामा सम्पन्न डब्लूटीओको जनरल काउन्सिलको बैठकले सुवेदीलाई एक वर्षको कार्यकालका लागि उक्त पदमा चयन गरेको हो।

के हो व्यापार तथा वातावरण समिति ?

यो समिति डब्लूटीओका सदस्य राष्ट्रहरूबीच व्यापार नीतिले वातावरणमा पार्ने प्रभाव र वातावरणीय नीतिले व्यापारमा पार्ने असरबारे संवाद गर्ने प्रमुख स्थायी फोरम हो।

यसले वातावरणीय रूपमा दिगो व्यापार र जलवायु-सम्बन्धित व्यापारका उपायहरूलाई प्रवर्द्धन गर्न नीतिगत छलफलको सहजीकरण गर्दछ।

परराष्ट्र मन्त्रालयका अनुसार, नेपालका लागि यो नेतृत्वदायी भूमिका निकै महत्त्वपूर्ण समयमा प्राप्त भएको छ। हाल नेपाल अति कम विकसित मुलुक (एलडीसी) को स्तरबाट स्तरोन्नति हुने तयारी गरिरहेको छ।

परराष्ट्र मन्त्रालयले भनेको छ, ‘नेपाल अति कम विकसित मुलुक (एलडीसी) को स्तरबाट स्तरोन्नति हुने तयारी गरिरहेको र विश्व बजारमा आफ्नो व्यापारको बृहत्तर एकीकरणका लागि डब्लूटीओका सबै सदस्य राष्ट्रहरूसँग नजिक रहेर काम गरिरहेको समयमा नेपालले यो नेतृत्वदायी भूमिका प्राप्त गरेको छ।’
#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?