+
+
Shares

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न युवाहरूको दबाब, माइतीघरमा प्रदर्शन (तस्वीरहरू)

युवाहरूले आँखामा कालोपट्टी बाँधेर ‘प्रतिवेदन खै ?’, ‘सत्यतथ्य बाहिर ल्याऊ’, र ‘जेन जी को आवाज सुन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

आर्यन धिमाल आर्यन धिमाल
२०८२ चैत २ गते १३:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको माइतीघर मण्डलामा कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न दबाब दिँदै युवाहरूले प्रदर्शन गरेका छन्।
  • युवाहरूले आँखामा कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन्।
  • सरकारले आयोग गठन गरी प्रतिवेदन बुझाए पनि सार्वजनिक नगरेपछि आम नागरिक र प्रदर्शनकारी युवाहरूमा असन्तुष्टि बढेको छ।

२ चैत, काठमाडौं । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

युवाहरूले आँखामा कालोपट्टी बाँधेर ‘प्रतिवेदन खै ?’, ‘सत्यतथ्य बाहिर ल्याऊ’, र ‘जेन जी को आवाज सुन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

उनीहरूले सरकारले घटनाको छानबिन गर्न आयोग गठन गरे पनि लामो समयसम्म प्रतिवेदन लुकाएर राखेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा एक जाँचबुझ आयोग गठन गरेको थियो ।

आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाए पनि प्रतिवेदन सार्वजनिक नहुँदा आम नागरिक र प्रदर्शनकारी युवाहरूमा असन्तुष्टि बढेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?