+
+
Shares

‘मिलानो रनवे’ मा सेलिब्रेटी फेसन : माल्भिका, श्वेता, भियोमा बने शो-स्टपर (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ६ गते १४:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फागुन १३ गते काठमाडौंको क्लब नोभामा ‘मिलानो रनवे भोल्युम ५’ फेसन कार्यक्रम सम्पन्न भएको छ।
  • कार्यक्रममा पूर्व मिस नेपाल माल्भिका सुब्बा, अभिनेता आशिर्वाद क्षेत्री, अभिनेत्री श्वेता खड्का, र्‍यापर भियोमा लगायत सेलिब्रेटीको उपस्थिति थियो।
  • मिस युनिभर्स नेपाल २०२५ सान्या अधिकारी र मिस्टर नेपाल इन्टरनेशनल २०२४ क्षितिज श्रेष्ठ लगायतले फेसन शोमा भाग लिएका थिए।

काठमाडौं । ‘मिलानो रनवे भोल्युम ५’ फेसन कार्यक्रम सम्पन्न भएको छ । फागुन १३ गते काठमाडौंको क्लब नोभामा आयोजित कार्यक्रममा फेसन, मनोरञ्जन र ग्ल्यामर क्षेत्रका चर्चित व्यक्तित्वको उल्लेख्य उपस्थिति देखिएको थियो ।

कार्यक्रममा पूर्व मिस नेपाल माल्भिका सुब्बा, अभिनेता आशिर्वाद क्षेत्री, अभिनेत्री श्वेता खड्का, र्‍यापर भियोमा लगायत सेलिब्रेटीको उपस्थिति थियो ।

त्यसैगरी मिस युनिभर्स नेपाल २०२५ सान्या अधिकारी, मिस एसिया प्यासिफिक नेपाल २०२५ प्राप्ति रानाभाट, मिस हङकङ नेपाल २०२६ दीपमाला, मिस्टर नेपाल इन्टरनेशनल २०२४ क्षितिज श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल २०२५ उरुषा भण्डारी तथा मिस नेपाल कोस्मो २०२५ दीपशिखा खनाल पनि कार्यक्रममा सहभागी थिए ।

फेसन शोमा विभिन्न डिजाइनरका आकर्षक परिधानहरू प्रस्तुत गरिएको थियो । नयाँ ट्रेन्ड र सिर्जनात्मक डिजाइनमार्फत नेपाली फेसन उद्योगको सम्भावना प्रस्तुत गर्ने प्रयास गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमले नेपाली फेसन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरसँग जोड्ने लक्ष्य राखेको देखिन्छ । साथै, यस्ता कार्यक्रमले नयाँ मोडल तथा डिजाइनरलाई प्लेटफर्म प्रदान गर्ने विश्वास समेत गरिएको छ ।

तस्वीरहरू : मिलानो रनवे

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?