News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरामा फ्लाइ नेपाल इन्टरटेनमेन्टले अत्याधुनिक '१८-डी सिनेमा' सञ्चालनमा ल्याएको छ।
- अभिनेता राजेश हमालले पोखरामा नयाँ सिनेमा शाखाको उद्घाटन गर्दै फरक सिनेम्याटिक अनुभव पाउने बताए।
- १८-डी सिनेमामा दर्शकले चश्मा वा हेडसेट बिना १७ फरक कथात्मक संसारमा १० देखि ३० मिनेटसम्म अनुभव लिन सक्नेछन्।
पोखरा । साहसिक गतिविधिका लागि चिनिएको पर्यटन राजधानी पोखरामा अब मनोरञ्जनको क्षेत्रमा नयाँ आकर्षण थपिएको छ । फ्लाइ नेपाल इन्टरटेनमेन्टले शुक्रबारदेखि यहाँ अत्याधुनिक ‘१८-डी सिनेमा’ सञ्चालनमा ल्याएको छ ।
लेकसाइडस्थित डिज्नील्याण्ड क्षेत्रमा सिनेमा स्थापना गरिएको छ । यसको पहिलो शाखा काठमाण्डौँ र दोस्रो शाखा यहाँ खुलेको छ । अभिनेता राजेश हमालले शुक्रबार यहाँस्थित शाखाको उद्घाटन गरे ।
सिनेमा उद्घाटन गर्दै हमालले पोखराले अब फरक किसिमको सिनेम्याटिक अनुभव पाउने बताए । उनले भने, ‘पोखरा आफैंमा सुन्दर सहर हो, यहाँ धेरै चलचित्र छायांकन हुन्छन् । अब यो सिनेमा केवल मनोरञ्जन मात्र नभई नयाँ संसारको अनुभव हो ।’
पोखरामा आफ्नो करिअरको तेस्रो फिल्म ‘देउकी’को छायांकन भएको दिनको सम्झना समेत हमालले गरेका गरेका थिए ।
संचालन कम्पनीका प्रमुख राम थापाका अनुसार, काठमाडौँमा सफल सञ्चालनपछि दर्शकको सकारात्मक प्रतिक्रिया पाउँदै यो सेवा पोखरामा विस्तार गरिएको हो । उनले काठमाण्डौँको भन्दा पोखराको प्रविधि अझ उन्नत भएको बताए ।
१८-डी सिनेमामा दर्शकले १० देखि ३० मिनेटसम्मका १७ वटा फरक कथात्मक संसारमा प्रवेश अवसर पाउनेछन् । फिल्म हेरेपछि दर्शकले रोमाञ्चक अनुभव लिन सक्छन ।
विशेष कुरा के भने, यसमा कुनै चश्मा वा हेडसेटको आवश्यकता पर्दैन, जसले सबै उमेर समूहका दर्शकलाई सहज रूपमा आकर्षित गर्छ ।
कम्पनी निर्देशक हिमाल थापाले पोखरामा यस प्रकारको सिनेमा सञ्चालनले साहसिक अनुभवलाई नयाँ उचाइ दिने विश्वास व्यक्त गरे । उनका अनुसार, अब पोखरेली दर्शकले साहसिकता बाहिरी गतिविधिमा मात्र होइन, भित्री अनुभूतिमा पनि महसुस गर्न सक्नेछन् ।’
हमालले कार्यक्रममा अब बन्ने बालेन सरकारले यस्ता केही नयाँ गतिविधि गर्ने उद्यमीका लागि नयाँ योजना ल्याएर देशमा रोजगारीको वातावरण बढाउनु पर्ने समेत धारणा राखेका थिए ।
प्रतिक्रिया 4