+
+
Shares

चितवनमा १८-डी सिनेमा संचालनमा, प्रदीप खड्काले गरे उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १३ गते १६:५५
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता प्रदीप खड्काले चितवनमा १८-डी सिनेमाको उद्घाटन गरेका छन्।
  • १८-डी सिनेमा फ्लाई ओभर ईन्टरटेनमेन्टले भरतपुरमा तेस्रो शाखा सञ्चालनमा ल्याएको छ।
  • सिनेमामा दर्शकले १७ फरक विषयवस्तुमा आधारित विशेष प्रभाव सहित मनोरञ्जन अनुभव गर्न सक्नेछन्।

चितवन । अभिनेता प्रदीप खड्काले यहाँ १८-डी सिनेमाको उद्घाटन गरेका छन् । सो अवसरमा उनले चितवन जस्तो पर्यटकीय गन्तव्यमा यस्तो आधुनिक प्रविधियुक्त सिनेमा हल थपिनु सकारात्मक भएको बताए ।

उनले सगरमाथा, रारा ताल लगायतका पर्यटकीय स्थललाई यस्तै प्रविधिमार्फत विश्वसामु प्रस्तुत गर्न सके पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने धारणा व्यक्त गरे ।

भरतपुरस्थित सिजी ल्याण्डमार्कको दोस्रो तलामा सञ्चालनमा आएको १८-डी सिनेमा फ्लाई ओभर ईन्टरटेनमेन्टद्वारा संचालनमा ल्याइएको तेस्रो शाखा हो । यहाँ दर्शकले १७ फरक विषयवस्तुमा आधारित एनिमेटेड सिनेमामार्फत विशेष प्रभाव सहितको मनोरञ्जन अनुभव गर्न सक्नेछन् ।

यो सिनेमामा एक पटकमा ८ देखि १० जना दर्शकले मात्र मज्जा लिन पाउनेछन् । सिनेमा हेर्दा पूरा सिट घुम्ने, हिउँ पर्ने, पानी झर्ने लगायतका महसुस दर्शकले गर्न सक्छन् । १८ प्रकारको दृश्य अनुभूति गर्न मिल्ने जनाइएको छ ।

कम्पनी प्रमुख राम थापाले दर्शकको मागलाई ध्यानमा राख्दै चितवनमा तेस्रो शाखा विस्तार गरिएको जानकारी दिए । काठमाडौँको प्रवेशद्वारका रूपमा चिनिने चितवनमा यो प्रविधिको फिल्ममार्फत देशभरका दर्शकलाई आकर्षित गर्न सकिने उनले बताए ।

कम्पनीले यसअघि काठमाडौँको सिटी सेन्टरमा पहिलो तथा पोखरा डिज्नील्याण्डमा दोस्रो शाखा सञ्चालनमा ल्याइसकेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?