+
+
Shares

निजी क्षेत्रबीचको सहकार्यले मात्र आर्थिक समृद्धि सम्भव : कमलेश अग्रवाल

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ९ गते १८:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले निजी क्षेत्रका प्रमुख संस्थाबीच एकता र सहकार्यले मात्र आर्थिक उपलब्धि सम्भव हुने बताए।
  • अग्रवालले आफ्नो कार्यकालमा नेपाल उद्योग वाणिज्य महासंघसँग सौहार्दपूर्ण र प्रभावकारी सहकार्य भएको स्मरण गरे ।
  • उनले आगामी नेतृत्वबाट पनि यस्तै सहकार्य र एकताको अपेक्षा राख्दै निर्वाचनमा एकमत भएर अगाडि बढ्न आग्रह गरे।

९ चैत, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले निजी क्षेत्रका प्रमुख संस्थाहरूबीचको एकता र सहकार्यले मात्रै मुलुकमा आर्थिक उपलब्धि प्राप्त गर्न सकिने बताएका छन् ।

उद्योग वाणिज्य महासंघको उम्मेदवार घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले निजी क्षेत्र विभाजित हुँदा सरकार अलमलमा पर्ने र त्यसको असर समग्र अर्थतन्त्रमा पर्ने बताएका हुन् ।

अग्रवालले आफ्नो दुई वर्षे कार्यकालमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) सँग अत्यन्तै सौहार्दपूर्ण र प्रभावकारी सहकार्य भएको स्मरण गरे ।

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले बुझाएको सुझाव निजी क्षेत्रको साझा सहमतिको दस्तावेज भएको उनले बताए ।

उनले आगामी नेतृत्वबाट पनि यस्तै किसिमको सहकार्य र एकताको अपेक्षा गरे ।

उनले भने, ‘लगानी सम्मेलनदेखि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको कार्यसम्म हामीबीच निरन्तर सहकार्य भयो । निजी क्षेत्रको एउटा मात्र संस्थाले फरक मत राख्दा सरकारले त्यसलाई बहाना बनाएर निर्णय प्रक्रियामा ढिलाइ गर्ने गरेको छ ।’

अग्रवालले उम्मेदवारी घोषणा गर्ने सम्पूर्ण उद्यमी व्यवसायीहरूलाई शुभकामना दिँदै निर्वाचनमा एकमत भएर अगाडि बढ्न र निजी क्षेत्रको हकहितमा लाग्न आग्रह समेत गरे ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?