+
+
Shares

रवि लामिछानेको शपथ के हुन्छ ?

यो विषयमा संघीय संसद् सचिवालयका अधिकारीहरूले समेत आन्तरिक छलफल गरेका छन् । उनीहरूको निष्कर्ष छ– सांसद हुनु र निलम्बन हुनु फरक अवस्था हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ११ गते ११:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूले ११ चैत, काठमाडौंमा बिहीबार शपथ लिँदैछन्।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि शपथ लिन पाउने कि नपाउने भन्नेमा चासो छ ।
  • लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा विचाराधीन छ ।

११ चैत, काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूले बिहीबार शपथ लिँदैछन् । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको शपथ के हुन्छ भन्ने विषयमा आम चासो छ ।

यो विषयमा संघीय संसद् सचिवालयका अधिकारीहरूले समेत आन्तरिक छलफल गरेका छन् । उनीहरूको निष्कर्ष छ– सांसद हुनु र निलम्बन हुनु फरक अवस्था हो ।

एक अधिकारी भन्छन्, ‘सांसद पदको उम्मेदवार हुन योग्य नरहेको भए निर्वाचन आयोगले हेर्ने थियो । कानुनले सांसद पदमा उम्मेदवार हुन नरोकेपछि रवि उम्मेदवार भए र चितवन २ बाट निर्वाचित पनि भए । त्यसअनुसार निर्वाचन आयोगले निर्वाचित सांसदहरूको सूची पठाएको छ ।’

उनका अनुसार निर्वाचन आयोगले निर्वाचित भएको भनेर पठाएकाहरू सबैले शपथ लिन पाउँछन् । ‘शपथ लिइसकेपछि निलम्बनको अवस्थाको कुरा आउने हो । सांसद नै नभइ निलम्बनको कुरा आउँदैन । यसकारण रवि लामिछानेको हकमा शपथ लिन पाउने वा नपाउने भन्ने अन्योल छैन,’ उनी भन्छन्, ‘शपथ लिइसकेपछि कुनै पनि सदस्य निलम्बनमा रहने अवस्था छ वा छैन भन्ने हेरिन सक्छ ।’

सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग लागेपछि विघटित प्रतिनिधिसभामा लामिछाने निलम्बनमा परेका थिए ।

७ पुस २०८१ मा लामिछानेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सम्पत्ति शुद्धीकरण, संगठित अपराध र सहकारी ठगीसमेतमा गरी तीनवटा मुद्दा दायर गरेको थियो ।

लगत्तै ८ पुस २०८१ मा संघीय संसद् सचिवालयले सूचना निकालेर लामिछाने पदबाट निलम्बित भएको जानकारी गराएको थियो ।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ को दफा दफा २२ मा मुद्दा दायर भएपछि सम्पत्ति शुद्धीकरण मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वत: निलम्बन भएको मानिने व्यवस्था छ ।

लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण मुद्दाको किनारा लागेको छैन । यसकारण उनले सांसद पदको शपथ लिन पाउँछन कि पाउँदैनन् भन्ने चासो रहेको हो ।

महान्यायाधिवक्ता कार्यालयका अधिकारीहरू लामिछानेले कानुनत: शपथ लिन नमिल्ने  तर्क गर्छन् ।

अदालतमा मुद्दा विचाराधीन रहेकाले यो विषयमा औपचारिक प्रतिक्रिया दिन अस्वीकार गरेका महान्यायाधिवक्ता कार्यालयका ती अधिकारी भन्छन्, ‘निलम्बन सार्वजनिक पद धारण गरेको अवस्थामा हुने हो । चुनाव जितेपछि शपथ लिन हुँदैन । शपथ लिएपछि सार्वजनिक पद धारण गरेको हुन्छ । सम्पति शुद्धीकरणको अभियोग लागेका व्यक्ति सार्वजनिक पदमा हुँदा निलम्बन हुन्छन् भने यही अभियोग लागेका व्यक्तिले सार्वजनिक पद धारण गर्न नै मिल्दैन ।’

गत २१ फागुनको निर्वाचनमा लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका हुन् ।

यसअघि उनी २०७९ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । नागरिकता सम्बन्धी विवादमा उनको पद गयो । त्यसपछि २०८० सालमा भएको उपनिर्वाचनमा पुन: उम्मेदवार भएर चुनाव जिते ।

यसपटक पनि चुनाव जितेर आएका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?