News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका निवर्तमान सहमहामन्त्री भीष्मराज आङ्देम्बेले संसदीय दलको नेतामा आफ्नो दाबी रहने बताएका छन्।
- पिताको निधनपछि फिदिममा रहेका आङ्देम्बेले बुधबार काठमाडौं गएर राजनीतिक सक्रियता बढाउने बताएका छन्।
- आङ्देम्बेले भने, 'योपल्ट संसदीय दलको नेताको रूपमा मेरो दाबी स्वाभाविक हो।'
११ चैत, पाँचथर । नेपाली कांग्रेसका निवर्तमान सहमहामन्त्री भीष्मराज आङ्देम्बेले संसदीय दलको नेतामा आफ्नो दाबी रहने बताएका छन् ।
पिताको निधनपछि फिदिममा रहेका उनी बुधबार काठमाडौं गएर राजनीतिक सक्रियता बढाउने बताएका छन् । उनी कांग्रेसबाट समानुपातिक कोटामा सांसद बनेका थिए ।
‘यो परिस्थितिमा संसदीय नेतृत्व गरेर जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्नु आवश्यक छ । यसका लागि म तयार छु,’ आङ्देम्बेले भने, ‘योपल्ट संसदीय दलको नेताको रूपमा मेरो दाबी स्वाभाविक हो ।’
आङ्देम्बे २०७० मा निर्वाचित भएपछि उद्योग वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण संसदीय समितिको सभापति समेत भएका थिए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4