+
+
Shares

सुकुम्बासी हटाउने नाममा डोजर आतंक मच्चाइयो : भीष्मराज आङ्देम्बे

राज्य आतङ्कको पर्याय बन्न नहुनेमा जोड दिँदै उनले सरकारलाई अभिभावकजस्तो बन्न र मानवीय संवेदनशीलता अपनाउन आग्रह गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १९ गते १७:२८

२० वैशाखकाठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका  नेता भीष्मराज आङ्देम्बेले सुकुम्बासी बस्ती हटाउने नाममा राज्यले डोजर आतंक‘ मच्चाइरहेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता आङ्देम्बेले अव्यवस्थित बस्ती हटाउने नाममा गरिएको डोजर आतङ्कका कारण मानिसको ज्यानसमेत गएको बताए । राज्य आतङ्कको पर्याय बन्न नहुनेमा जोड दिँदै उनले सरकारलाई अभिभावकजस्तो बन्न र मानवीय संवेदनशीलता अपनाउन आग्रह गरे ।

विद्यालयमा डोजर लगाउँदा त्यहाँ अध्ययनरत सयौँ विद्यार्थी भविष्यविहीन अवस्थामा पुगेको उल्लेख गर्दै सुकुम्बासी समस्या समाधानका लागि स्पष्ट नीतिप्रक्रिया र सहकार्य आवश्यक रहेको बताए ।

राज्य सञ्चालनको शैली लोकतान्त्रिक हुनुपर्नेमा जोड दिँदै आङ्देम्बेले बल प्रयोगमार्फत गरिने व्यवस्थापनले नागरिकमा त्रास सिर्जना हुने र त्यसले विद्रोह उत्पन्न हुने चेतावनी दिए ।

मुलुकलाई व्यवस्थित र सुन्दर बनाउने विषयमा आफूहरूको कुनै असहमति नरहेको उनले स्पष्ट पारे । खोलानालाराजधानी तथा देशका विभिन्न भूगोललाई व्यवस्थित र आकर्षक बनाउने कार्यमा सबैको साझा चाहना रहेको उनको भनाइ छ । तरव्यवस्थित गर्ने नाममा विधि र प्रक्रिया मिच्न नहुनेमा जोड दिँदै उनले लोकतान्त्रिक मूल्य र मान्यताभित्र रहेर काम गर्न सरकारलाई सुझाव दिए ।

हामीले मुलुकलाई व्यवस्थित गर्ने कुरामा कहाँ विमति जनाएका छौँ हाम्रा खोलानाला थप सुन्दर बनून्हाम्रो राजधानी र देशका चारकिल्ला व्यवस्थित होऊन्यो हामी सबैको चाहना हो,’ उनले भने, ‘तरशैली लोकतान्त्रिक हुनुपर्‍यो । जमिन सरकारको हुनेजनता कसको हुने भन्ने प्रश्न त उठेको छ नि ! व्यवस्थित गर्ने नाममा विधि र प्रक्रिया त हुनुपर्‍यो ।

अव्यवस्थितलाई हटाउने नाममा गरिएको डोजर आतङ्कले दुई जनाको मृत्यु भएको र सयौँ विद्यार्थी भविष्यविहीन भएको दाबी गर्दै उनले भने, ‘जब मान्छे मृत्युसम्म पुग्ने अवस्था हुन्छ भने जनता आतङ्कित हुन्छ । राज्य आतङ्कको पर्याय बन्नु हुँदैनराज्य त अभिभावक पो हुनुपर्छ ।

उनले थपे, जसरी सुकुम्बासीको नाममा यो खालको आतंक छयसलाई विधि र प्रक्रियाभित्र ल्याउनुस्हामी प्रतिपक्षका रूपमा साथ दिन्छौँ । तरडोजर चलाउनका निम्ति त हामीलाई बोलाउनुभएन नि !

चोर बाटोबाट देश चलाएर दिगो विकास हुँदैन’

आङ्देम्बेले सरकार सङ्ख्याको बलमा विधि र प्रक्रियालाई मिचेर अगाडि बढिरहेको आरोप लगाए । प्रतिपक्षी दलहरूले देखाएको सदासयतालाई कमजोरीका रूपमा नलिन पनि उनले सरकारलाई चेतावनी दिए ।

उनले हाल सरकारले जनताको अभिमतलाई विश्वास नगरेर संसद्लाई बन्धक बनाई अध्यादेशबाट चलिरहेको आरोप लगाए । चोर बाटोबाट देश चलाएर दिगो विकास र शान्ति नहुने उनको जिकिर छ । सरकारको नीति तथा कार्यक्रमबजेटलगायत अन्य समस्याका बारेमा छलफल गर्ने संसद्लाई बन्धक बनाएर राख्न नहुनेमा उनले जोड दिए ।

जनताको अभिमतबाट प्राप्त भएको यत्रो ठुलो आकारलाई विश्वास नगरेर जसरी चोर बाटोबाट उहाँहरूले आफूहरूलाई निकाल्ने कोसिस गरिराख्नुभएको छयसले राम्रो सङ्केत दिइराखेको छैन,’ उनले भने, ‘चोर बाटोबाट हिँड्ने व्यक्तिहरूले मुलुकलाई दिगो शान्ति र विकासतर्फ डोर्‍याएर लैजाँदैनन् । यसले कहीँ न कहीँ बुमर्‍याङ‘ गराउँछ ।

तयारी पुगेन भनेर संसद् अधिवेशनको मिति घोषणा भएको ४८ घण्टा नबित्दै रोकिनुलाई उनले बचकना‘ कदमको सङ्ज्ञा दिए ।

अध्यादेशबाट मुलुक चलाउँछु भन्ने अभ्यास हिजो पनि भएको थियो । आज हिजोकै दिन देखाएर आफ्नो कामको स्पष्टीकरण दिने हो भने त त्यसको के अर्थ भयो र ?’ उनले प्रश्न गरे, ‘अब जेठ १५ आउन आँटिसक्यो ।

उनले थपे, नीति तथा कार्यक्रम र बजेटमा संसद् तथा विषयगत समितिहरूमा व्यापक छलफल गर्नुपर्ला । तर आफू मात्रै कसरी बलियो हुने र बलमिच्याइँ गर्ने भन्ने कोणबाट मात्रै सोचेर अगाडि बढे समग्र मुलुकको चिन्ता कहाँ निर रहेछ त ?’

सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी भएको उल्लेख गर्दै उनले सबैको सम्पत्ति छानबिन गर्न आवश्यक रहेको बताए । हालै सरकारमा गएकाहरूको पनि अस्वाभाविक सम्पत्ति देखिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?