News Summary
Generated by OK AI. Editorially reviewed.- आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गरिएको छ।
- श्रेष्ठले ११ चैतमा पदभार ग्रहण गरेका छन् र सदस्य सचिव डा. नरेश सुवेदीले कार्यालयमा स्वागत गरेका थिए।
- प्रधानमन्त्री सुशीला कार्कीले अध्यक्ष मनोनीत गर्ने अधिकार प्रयोग गरी श्रेष्ठलाई आगामी ५ वर्षका लागि मनोनीत गरेकी थिइन्।
११ चैत, काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त भएका आदर्शकुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन् । उनले बुधबार कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । उनलाई कोषका सदस्य सचिव डा. नरेश सुवेदीले कार्यालयमा स्वागत गरे ।
प्रधानमन्त्री एवं कोषका संरक्षक सुशीला कार्कीले उनलाई मनोनीत गरेकी थिइन् ।
कोषको संरक्षकको हैसियतमा प्रधानमन्त्रीले नै अध्यक्ष मनोनीत गर्नसक्ने व्यवस्था छ । सोही अनुसार प्रधानमन्त्री कार्कीले श्रेष्ठलाई मनोनीत गरेकी थिइन् ।
श्रेष्ठ प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव थिए । आफ्ना प्रमुख स्वकीयलाई नै कोषमा मनोनीत गरेपछि प्रधानमन्त्री कार्कीको आलोचना समेत भएको थियो ।
उनी आगामी ५ वर्षका लागि उक्त पदमा मनोनीत भएका हुन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4