+
+
Shares

श्रममन्त्री साहको पहिलो निर्णय ः सिपयुक्त जनशक्तिका लागि रणनीति निर्माण गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १३ गते १७:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक कुमार साहले सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेका छन्।
  • मन्त्री साहले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको रणनीतिक योजना २०२६–३१ को ड्राफ्टमा हस्ताक्षर गरी एक महिनाभित्र तयार पार्ने निर्णय गरेका छन्।
  • उनले सिपयुक्त जनशक्ति निर्माण गरी स्वदेशमै रोजगारी सिर्जना गर्ने र गल्फ कन्ट्रीमा जाने जनशक्तिलाई दक्ष बनाउने योजना अघि बढाउने बताए।

१३ चैत, काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक कुमार साहले पदभार ग्रहण गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा पुगेर मन्त्री साहले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट सिपयुक्त जनशक्ति निर्माण गर्न ५ वर्षे रणनीतिक योजना निर्माण गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

प्रतिष्ठानले तयार पारेको ‘रणनीतिक योजना २०२६–३१’ ड्राफ्टमा उनले हस्ताक्षर गरेर एक महिनाभित्रमा तयार पारिसक्ने निर्णय गरेका हुन् ।

सो अवधिमा उक्त ड्राफ्टमा आवश्यक थपघट गरेर अघि बढाउने मन्त्रालयको योजना छ । आफूले गरेको निर्णयतर्फ अब केन्द्रित हुने उनले बताए । महोत्तरी २ बाट आफू निर्वाचित हुँदा त्यस क्षेत्रमा देखेका समस्याको समाधानस्वरुप नै आजको निर्णय सुरुवात विन्दु रहेको उनको भनाइ छ ।

‘सबैभन्दा ठूलो सिपको समस्या छ । रोजगारीका लागि सबैभन्दा ठूलो सिप हो, हाम्रो अदक्ष जनशक्ति जो गल्फ कन्ट्रीहरूमा जानुभएको छ, तिनीहरूलाई सिपयुक्त बनाएर पठाउने वा नेपालमै खपत गर्ने हाम्रो मूल उद्देश्य हुनुपर्छ । जनतालाई पढाएर मात्र भएन, अब सिपयुक्त छ कि छैन, त्यो महत्त्वपूर्ण कुरा हो,’ मन्त्री साहले भने ।

आफ्नो म्यान्डेटअनुसार जनतालाई दक्ष बनाएर स्वदेशमै रोजगारी सिर्जना गर्नेतर्फ केन्द्रित हुने बताए ।

प्रतिष्ठानले अबको पाँच वर्षमा कसरी तालिम प्रदान गर्ने, कुन क्षेत्रमा कस्ता खालका जनशक्ति निर्माण गर्ने, विदेशबाट फर्किएकाहरूलाई स्वदेशमा कसरी रोजगारी दिने लगायतका विषयमा रणनीतिक योजनाहरू बन्ने भएका हुन् । दक्ष जनशक्ति तयार पारेर उनीहरूको सिपलाई नेपालको औद्योगिक बजारमा उपयोग गर्नेगरी अघि बढिएको मन्त्रालयले जनाएको छ ।

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?