१५ चैत, काठमाडौं । नेपाल एमालेको शनिबारको प्रदर्शनमा पक्राउ परेका मध्ये ६ जना रिहा भएका छन् ।
शनिबार पक्राउ परेका ६ जनालाई छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
शनिबारको प्रर्दशनमा भने ७ जना पक्राउ परेका थिए । पक्राउ परेका मध्ये विमल धमला नाम गरेका एक जनालाई भने हिरासतमै राखिएको एसपी भट्टराईले बताए ।
उनका अनुसार धमला शनिबारको प्रदर्शनमा गाडी फुटाउनेमा संलग्न देखिएको छ । अर्कोतर्फ भने उनीविरुद्ध दुई वटा बैंकिङ कसुरको मुद्दा पनि देखिएको एसपी भट्टराई बताउँछन् । उनलाई भने म्याद लिएर अनुसन्धान अघि बढाउने प्रक्रिया प्रहरीले अघि बढाएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4