News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल चलचित्र प्राविधिक संघले प्रकाश व्यवस्थापक सुवास खतिवडामाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
- नेकपा (एमाले)को प्रदर्शनमा सहभागी केही व्यक्तिले खतिवडामाथि कुटपिट गरेको र नेफ्टाले दोषीलाई कानुनी कारबाही गर्न माग गरेको छ।
- नेफ्टाले खतिवडाको उपचार र सुरक्षामा ध्यान दिन आग्रह गर्दै यस्ता घटना दोहोरिन नदिन सरकारसँग आवश्यक कदम चाल्न भनिएको छ।
काठमाडौं । नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)ले आफ्ना सक्रिय सदस्य तथा प्रकाश व्यवस्थापक सुवास खतिवडामाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघले प्रेस विज्ञप्तिमा शनिबार आफ्नो नियमित पेशागत जिम्मेवारी पूरा गर्न जाने क्रममा बबरमहलमा नेकपा (एमाले)को प्रदर्शनमा सहभागी केही व्यक्तिले खतिवडामाथि कुटपिट गरेको उल्लेख छ ।
खतिवडामाथि भएको कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
नेफ्टाले घटनाको निन्दा गर्दै दोषीलाई तत्काल पहिचान गरी कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ । साथै, घाइते खतिवडाको उपचारको व्यवस्था गर्न र उनको सुरक्षामा ध्यान दिन पनि आग्रह गरिएको छ ।
खतिवडा कुनैपनि राजनीतिक दलमा आबद्ध नरहेको नेफ्टाले जनाएको छ ।
संघले नागरिकलाई राजनीतिक दल वा आन्दोलनका नाममा स्वतन्त्र रूपमा श्रम गर्नबाट रोक्ने, धम्की दिने वा हिंसा गर्ने कार्य मानवअधिकार र कानुनी शासनविपरीत रहेको बताएको छ । यसप्रति कडा कारबाही हुनुपर्ने नेफ्टाको भनाइ छ ।
नेफ्टाले राजनीतिक दल तथा आन्दोलनकारीलाई आफ्ना गतिविधि मर्यादित र शान्तिपूर्ण बनाउन आग्रह गर्दै सर्वसाधारण र श्रमिकको सुरक्षामा ध्यान दिन अपिल गरेको छ । साथै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्न सरकारसँग माग गरिएको छ ।
अध्यक्ष प्रेम भोम्जन पुस्कर लामाले घाइतको स्वास्थ्य लाभको कामना पनि गरेका छन् । अन्त्यमा, संघले घाइते सुवास खतिवडाको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
प्रतिक्रिया 4