+
+
Shares

र्‍यालीसहित विरोध पत्र बुझाउन ललितपुर सीडीओ कार्यालयमा एमाले कार्यकर्ता

उनीहरू अहिले ओली पक्राउको विरोधमा जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरिरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १५ गते १२:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका जनवर्गीय संगठनहरूले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा देशैभर जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउँदैछन्।
  • ललितपुर जिल्ला प्रशासन कार्यालयमा एमालेका कार्यकर्ताहरू र्‍यालीसहित प्रदर्शन गरिरहेका छन्।
  • गत भदौमा भएको जेनजी आन्दोलनमा दमन भएपछि ओली र लेखक पक्राउ परेपछि एमालेले विरोध प्रदर्शन थालेको हो।

१५ चैत, काठमाडौं । अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेका जनवर्गीय संगठनहरूले आज देशैभर जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउँदैछन् ।

यसैबीच ललितपुर जिल्ला प्रशासन कार्यालयमा र्‍याली सहित एमालेका कार्यकर्ताहरू पुगेका छन् ।

उनीहरू अहिले ओली पक्राउको विरोधमा जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरिरहेका छन् ।

एमालेका कार्यकर्ताहरूले हिजोदेखि नै प्रदर्शन थालेका छन् । शनिबार काठमाडौंको माइतीघर बबरमहल क्षेत्रमा एमाले कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका थिए ।

गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो ।

जेनजी आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री थिए भने कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए ।

ओली र लेखक पक्राउ परेपछि एमालेले विरोधमा प्रदर्शन थालेको हो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?