News Summary
Generated by OK AI. Editorially reviewed.- दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको क्षमता विस्तार गरी अस्पतालको बेड संख्या १ सयबाट ३ सयमा पुर्याउने निर्णय भएको छ।
- नयाँ शैक्षिक सत्रदेखि एमबीबीएमा ५० सिट, नर्सिङमा ३० सिट, बीएस्सी एमएलटीमा २० सिट र नेत्र विज्ञानमा २० सिट सञ्चालन गर्ने तयारी गरिएको छ।
- शिक्षा मन्त्रालयसँग समन्वय गरी ४३ करोड बजेट परिचालन गर्न सिनेट बैठक यथाशीघ्र आयोजना गर्ने सहमति भएको छ।
१५ चैत, काठमाडौं । दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको क्षमता विस्तार गरिने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल, प्रतिनिधिसभा सदस्य केपी खनाल, विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार लगायतको टोलीले विश्वविद्यालयको स्तरोन्नति गर्ने निष्कर्ष निकालेको हो ।
अस्पतालको क्षमता विस्तार गरी १ सय बेडबाट ३ सय बेडमा विस्तार गरी सेवालाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको हो ।
नयाँ शैक्षिक कार्यक्रमहरूको सुरुवात गर्न आवश्यक बजेट २ अर्ब ५८ करोड सुनिश्चितता गर्ने भनिएको छ ।
आगामी शैक्षिक सत्रदेखि एमबीबीएमा ५० सिट, नर्सिङमा ३० सिट बीएस्सी एमएलटीमा २० सिट र नेत्र विज्ञानमा २० सिट सञ्चालन गर्ने तयारी गरिएको छ ।
स्वीकृत भएको ४३ करोड बजेट सिनेट बैठक बस्न नसक्दा रोकिएकोमा, शिक्षा मन्त्रालयसँग आवश्यक समन्वय गरी यथाशीघ्र बैठक आयोजना गरेर उक्त बजेटलाई परिचालन गर्ने सहमति भएको छ ।
प्रतिक्रिया 4