+
+
Shares

कोशीका सांसदहरूसँग प्रधानमन्त्रीको छलफल, गएनन् हर्क

श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङले भने बैठक सुरु हुनुअघि नै कोठे बैठकमा सहभागी नहुने प्रतिक्रिया दिएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १६ गते १४:५९

१६ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज विभिन्न प्रदेशका सांसदहरूसँग क्षेत्रगत विषयमा कुरा गरिरहेका छन् । उनले आजको छलफल कोशी प्रदेशका सांसदहरूबाट सुरु गरे ।

कोशी प्रदेशको छलफलमा श्रम संस्कृति पार्टीका सांसदबाहेक अन्य रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपालगायत दलका प्रतिनिधिसभा सदस्यहरू सहभागी छन् ।

श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङले भने बैठक सुरु हुनुअघि नै कोठे बैठकमा सहभागी नहुने प्रतिक्रिया दिएका थिए ।

उनले छिटो प्रतिनिधिसभाको पहिलो बैठक बोलाउन भन्दै कोठे बैठकमा नजाने बताएका हुन् ।

प्रधानमन्त्री बालेनले पहिलोचरणमा मन्त्रीहरूसँग आइतबार छलफल गरेका थिए । त्यसपछि आज उनले प्रदेशका सांसदहरूसँग छलफल गरेका हुन् । कोशीका सांसदसँगको छलफलपछि उनले कर्णालीका सांसदहरूसँग छलफल गरेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?