News Summary
Generated by OK AI. Editorially reviewed.- जौन योञ्जन निर्देशित नेपाली फिल्म ‘क्रलिङ क्रोज : आँखा’ अमेरिकाको वल्र्डफेस्ट ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभलमा छनोट भएको छ।
- फिल्म ‘क्रलिङ क्रोज : आँखा’ले ‘रेमी अवार्ड’का लागि मनोनित भएको छ र अप्रिल २४ देखि मे ३, २०२६ सम्म महोत्सव आयोजना हुँदैछ।
- यो फिल्मले सुकुम्बासी बस्तीमा जीवनयापन गरिरहेका मानिसको संघर्ष चित्रण गरेको छ र स्मिता लामिछाने, पशुपति राई लगायतको अभिनय छ।
काठमाडौं । जौन योञ्जन निर्देशित नेपाली फिल्म ‘क्रलिङ क्रोज : आँखा’ अमेरिकाको वल्र्डफेस्ट ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभलमा छनोट भएको छ ।
त्यस अन्तर्गतको ‘रेमी अवार्ड’का लागि फिल्म मनोनित भएको हो । विश्वभरका फिल्म निर्माता र सिर्जनालाई एकै ठाउँमा ल्याउने यो महोत्सव अप्रिल २४ देखि मे ३, २०२६ सम्म आयोजना हुँदैछ ।
यसअघि यो फिल्मले ६२औं संस्करणको एसिया प्यासिफिक फिल्म फेस्टिभलमा ‘उत्कृष्ट चलचित्र’को उपाधि जितेको थियो ।
सन् १९६१ मा स्थापना भएको ह्युस्टन फेस्टिभल संसारको पुरानो स्वतन्त्र चलचित्र महोत्सवमध्ये एक मानिन्छ । यो महोत्सव उदीयमान फिल्ममेकरको लागि प्रसिद्ध छ ।
स्टिभन स्पिलबर्ग, जर्ज लुकास, डेभिड लिन्च र आङ ली जस्ता दिग्गज
निर्देशक योञ्जनले नेपाली कथाले विश्वव्यापी दर्शकको मन छुन सक्छन् भन्ने कुरा प्रमाणित गरेको बताए । फिल्ममा स्मिता लामिछाने, पशुपति राई, निशा अधिकारी, आरके मेहता, विजय बराल, बुद्धि तामाङको अभिनय छ ।
फिल्मले सुकुम्बासी बस्तीमा जीवनयापन गरिरहेका सामान्य मानिसको संघर्षलाई चित्रण गर्छ ।
प्रतिक्रिया 4