News Summary
Generated by OK AI. Editorially reviewed.- हङकङमा सम्पन्न ४१औँ एपीएओ कांग्रेसमा नेपालका तीन चिकित्सक र एक स्वास्थ्य संस्था पुरस्कृत भएका छन्।
हङकङमा सम्पन्न ४१औँ एसिया-प्यासिफिक एकेडेमी अफ अफ्थाल्मोलोजी (एपीएओ) कांग्रेस तथा ३७औं हङकङ नेत्र विज्ञान संगोष्ठीमा नेपालका तीन चिकित्सक र एक स्वास्थ्य संस्था पुरस्कृत भएका छन् । ४१औँ एपीएओ कंग्रेस तथा ३७औं नेत्र विज्ञान संगोष्ठी ५-८ फेब्रुअरीमा हङकङमा सम्पन्न भएको थियो।
सोही अवसरमा नेपालका भिट्रियो–रेटिना सर्जन डा. संयम बजिमाया लाई एपीपीओ विशिष्ट सेवा पुरस्कारबाट सम्मानित गरिएको छ । यो सम्मान आफ्नो देश तथा एशिया–प्यासिफिक क्षेत्रमा नेत्रचिकित्सा सेवाको विकास र सुदृढीकरणमा विशिष्ट योगदान पुर्याउने एपीपीओ सदस्य राष्ट्रका नेत्ररोग विशेषज्ञहरूलाई यो पुरस्कार प्रदान गर्ने गरिन्छ ।
डा. संयम बजिमाया हाल नेत्रधाम आई केयर सेन्टर प्रा.लि., ललितपुरका प्रबन्ध निर्देशक हुन् । उनी नेपाल भिट्रियो–रेटिना सोसाइटीका अध्यक्ष हुन् । नेपाल अफथाल्मिक सोसाइटीमा विभिन्न नेतृत्वदायी भूमिकामा रही नेत्रचिकित्सा सेवा, शिक्षा तथा अनुसन्धानको विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् ।

साथै, सगरमाथा चौधरी आँखा अस्पताल, लहानलाई एपीपीओ अन्धोपन रोकथाम उत्कृष्ट सेवा पुरस्कार प्रदान गरिएको छ । सगरमाथा चौधरी आँखा अस्पताल, लहान सन् १९८३ मा स्थापना भएको थियो । यसले हाल ४५० बेडसहित पूर्वी नेपाल तथा सीमावर्ती भारतका लाखौं विपन्न नागरिकलाई गुणस्तरीय, सुलभ र उच्चस्तरीय आँखा सेवा प्रदान गर्दै आएको छ ।
त्यसैगरी, तिलगंगा आँखा प्रतिष्ठानका बाल नेत्ररोग विशेषज्ञ डा. सृजना अधिकारीले एपीएओ अचिभमेन्ट अवार्ड प्राप्त गरेकी छिन् । डा. सुधा रानाभाटले प्रोफेसर यासुओ तानो ट्राभल ग्रेन्ट २०२६ प्राप्त गरेको नेपाल अप्थाल्मिक सोसाइटीका महासचिव डा. तेजसु सिंह मल्लले जानकारी दिए ।
प्रतिक्रिया 4