+
+
Shares

तीन नयाँ हुलाक टिकटको टाँचा हस्तान्तरण, सञ्चारमन्त्रीले भने- अब स्मार्ट हुलाक

मन्त्री डा तिमल्सिनाले हुलाक सेवालाई समयसापेक्षा प्रभावकारी बनाउन, स्मार्ट हुलाकको कामलाई चाडो अगाडि बढाउन आग्रह गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १६ गते १६:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुलाक सेवा विभागले पुरातात्विक तथा ऐतिहासिक महत्वका तीन नयाँ हुलाक टिकटहरू प्रचलनमा ल्याएको छ।
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेका छन्।
  • मन्त्री तिमिल्सिनाले हुलाक सेवालाई समयसापेक्षा प्रभावकारी बनाउन र स्मार्ट हुलाकको काम चाँडो अगाडि बढाउन आग्रह गर्नुभएको छ।

१६ चैत, काठमाडौं । हुलाक सेवा विभागले पुरातात्विक तथा ऐतिहासिक महत्वका तीन नयाँ हुलाक टिकटहरू प्रचलनमा ल्याएको छ । विभागको स्वीकृत फिलाटेलिक कार्यक्रम अन्तर्गत जावा दाम (मुद्रा), धुरकोट दरबार गुल्मी र नृसिंह अवतार नाच (कार्तिक नाच) तस्वीर अंकित हुलाक टिकट प्रचलनमा ल्याएको हो ।

विभागको कार्यालय बबरमहलमा सोमबार ओजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले तीनवटै हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरे ।

सो अवसरमा सञ्चारमन्त्री डा तिमिल्सिनाले मुलुकको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा र संस्कृतिको जगेर्ना गर्र्दै राष्ट्रिय पहिचानको संरक्षण गर्न हुलाक टिकटले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले हुलाकमार्फत सार्वजनिक सेवालाई नागरिकको समीपमा पुर्याउन हुलाक सेवालाई थप सुदृढ गर्नुपर्नेमा जोड दिए । सञ्चारमन्त्री तिमिल्सिनाले सरकारको सय बुदे मार्गचित्र अनुरुप कामको गति नयाँ ढंगले बढाउनेगरी कार्ययोजना पेश गर्न विभागलाई निर्देशन दिए । उनले जनतामा आशा जगाउनेगरी सकारात्मक कामको थालनी गर्न पनि आग्रह गरे ।

मन्त्री डा तिमल्सिनाले हुलाक सेवालाई समयसापेक्षा प्रभावकारी बनाउन, स्मार्ट हुलाकको कामलाई चाडो अगाडि बढाउन आग्रह गरे । उनले सबै सरकारी निकायको काम समयसापेक्ष प्रविधिमैत्री बनाउन र नयाँ स्प्रीडका साथ सेवा प्रबाहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले हुलाक टिकटमार्फत मुलुको पुरातात्विक तथा ऐतिहासिक सम्पदाहरुको संरक्षण र प्रचारप्रसार गर्न सघाउपुग्ने बताइन् ।

हुलाक सेवा विभागका महानिर्देशक मनमाया पँगेनी भट्टराईले हुलाक टिकटले अन्तराष्ट्रिय जगतमा नबोल्ने राजदूतको रुपमा महत्वपूर्ण योगदानका गर्ने बताउदैँ हुलाक टिकटमार्फत इतिहास, धर्म संस्कृतिको संरक्षण गर्न विभागले त्यस्ता सम्पदा र पहिचानहरुको खोजी गर्दै हुलाक टिकट प्रकाशन गर्ने कार्य गरिरहेको बताइन् ।

सोही अवसरमा सञ्चारमन्त्री डा तिमिल्सिनालाई विभागकोतर्फबाट स्वागत तथा विभागको कामकारबाहीको बारेमा जानकारी गराइएको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?