+
+
Shares

सहकारी पीडितको रकम फिर्ता गर्नेबारे मन्त्रिपरिषद्‌मा छलफल

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १६ गते १८:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्त्रिपरिषद् बैठकमा सहकारी पीडितको रकम फिर्ता गर्ने विषयमा छलफल भएको छ।
  • तर कुनै निर्णय नभएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बताए।
  • सरकारले सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया १०० दिनभित्रै सुरु गर्ने कार्यसूचीमा पनि समेटेको छ।

१६ चैत, काठमाडौं । सहकारी पीडितको रकम फिर्ता गर्ने विषयबारे मन्त्रिपरिषद्‌मा छलफल भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा यसबारे छलफल भएको तर कुनै निर्णय नभएको सरकारका प्रवक्तासमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बताए ।

उनका अनुसार १ लाखभन्दा कम वाचा भएकालाई प्राथमितामा राखेर कसरी भुक्तानी गर्ने भनेर छलफल भएको हो ।

‘यो विषय वाचापत्रमा पनि छ । संवेधनशील छौं,’ उनले भने ।

सरकारले सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ताको प्रक्रिया १०० दिनभित्रै सुरु गर्ने आफ्नो कार्यसूचीमा पनि उल्लेख गरेको थियो ।

साना तथा लघु उत्तमीहरुको सहकारीमा ठूलो रकम फसेको छ । जसले गर्दा अर्थतन्त्रको चक्र नै प्रभावित भएका बेला सरकारले रास्वपाको वाचापत्र अनुसार नै उक्त विषय कार्यसूचीमा समेटिएको बताएको हो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?