+
+
Shares

मन्त्री रावलले सहकारी पीडितसँग थालिन् छलफल

बिहीबार बिहान मन्त्रालयमा सहकारी पीडितहरू बोलाएर मन्त्री रावलले छलफल सुरु गरेकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते १२:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले बिहीबार बिहान मन्त्रालयमा सहकारी पीडितसँग छलफल सुरु गरेकी छन्।
  • सरकारले सहकारी पिडितको रकम १०० दिनभित्र बचत फिर्ता गर्ने प्रतिबद्धता गरेको छ।
  • मन्त्री रावलले सहकारी पीडितको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखिएको र साना बचतकर्तालाई राहत दिने बताइन्।

१९ चैत, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितसँग  छलफल सुरु गरेकी छन् । बिहीबार बिहान मन्त्रालयमा सहकारी पीडितहरू बोलाएर मन्त्री रावलले छलफल सुरु गरेकी हुन् ।

रास्वपाले वाचापत्रमा राखे अनुसार सरकारले सहकारी पिडितको रकम १०० दिनबाट बचत फिर्ता गर्न प्रतिबद्धता गरेको छ । विभिन्न सहकारीका पीडितहरूले मन्त्री रावलसँग आफ्ना समस्या र गुनासा राखेको उनको सचिवालयले जानकारी गराएको छ ।

मन्त्री रावलले वर्तमान सरकारले सहकारी पीडितहरूको समस्या समाधान गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको पीडितहरूलाई जानकारी गराएकी थिइन् ।

‘पीडितहरूको सम्बोधन कसरी प्रभावकारी रूपमा गर्ने भन्ने विषयमा मन्त्रालय गम्भीर छ,’ पीडितलाई आवश्वस्त पार्दै भनिन् ।

सरकारले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न चरणबद्ध रूपमा काम अघि बढाएको मन्त्री रावलले जानकारी गराइन् । साना बचतकर्ताहरूलाई राहतलाई पहिलो प्राथमिकतामा राखिएको मन्त्री रावलले भनाइ छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?