+
+
Shares

विज्ञबाट भूमि समस्या समाधान गराउँछौँ : मन्त्री रावल

अव्यवस्थित बसोवासीका सन्दर्भमा पहिचान र व्यवस्थापनबिना केही नगरिने उल्लेख गर्दै मन्त्री रावलले डोजर आतङ्क भनी अतिरञ्जित गरिएको गुनासो गरिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २५ गते १९:२६

२५ वैशाख, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले विज्ञको समितिबाट सरकारले भूमि सम्बन्धी समस्या समाधान गर्ने बताएकी छन् ।

प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबारको बैठकमा बोल्दै उनले विगतमा विज्ञ राख्नुपर्ने भूमि समस्या समाधान आयोगमा राजनीतिक मानिस राखिएका कारण समस्या समाधान नभएको बताइन् । अहिलेको सरकारले विज्ञ संलग्न समिति गठन गरेर यो समस्या समाधान गर्ने मन्त्री रावलको प्रतिबद्धता थियो ।

अव्यवस्थित बसोवासीका सन्दर्भमा पहिचान र व्यवस्थापनबिना केही नगरिने उल्लेख गर्दै मन्त्री रावलले डोजर आतङ्क भनी अतिरञ्जित गरिएको गुनासो गरिन् । पीडित नभई पीडितका आडमा विभिन्न गतिविधि गर्नेहरूमात्र डराउनुपर्ने उनले बताइन् ।

भइरहेको संरचनालाई प्रयोग गरेर नै भूमि समस्या समाधान गरिने र यसका लागि आजै भूमि व्यवस्था र शहरी विकास मन्त्रालयको बैठक बस्न लागेको जानकारी पनि उनले गराइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?