+
+
Shares

उषा खड्गीले खोजिन् सुरक्षा, भन्छिन्- नयाँ सरकारले मलाई न्याय दिनुपर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १७ गते १६:५३
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वमिस नेपाल उषा खड्गीले सामाजिक सञ्जालमा आफ्ना पूर्वपति जीपी तिमल्सिनासँगको पारिवारिक विवाद सार्वजनिक गरिन्।
  • उषाले आफ्नो २५ प्रतिशत अंशको घर र छोराछोरीको हक अधिकारको माग गर्दै नयाँ सरकारसँग न्यायको अपेक्षा गरिन्।
  • २०७९ जेठ २६ गते उषा र जीपीको सम्बन्धविच्छेद भएको थियो र जीपीले सोही वर्ष मंसिर १९ मा दोस्रो विवाह गरेका थिए।

काठमाडौं । पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीको पारिवारिक विवाद पुनः सतहमा आएको छ । उनले मंगलबार दिउँसो एकपछि अर्को गरि विवादका कुुरालाई सामाजिक सञ्जालबाट सार्वजनिक गरिरहेकी छन् ।

पूर्वपतिले आफूलाई दुःख दिएको भन्दै उनले फेसबुकमा लगातार स्टाटस लेखिरहेकी हुन् ।

उनको पहिलो स्टाटस छ- एकल आमा र मलाई आफूमाथि गर्व छ ।’

दोस्रो स्टाटस छ- तिम्रो लोग्नेलाई सम्हाल्नुपर्‍यो । मलाई गाली गर्छ, मेरो जीवनमा हस्तक्षेप गर्दै छ । पुलिस प्रशासनमा शान्ति सुरक्षा नहाली भएन अब यो एक्स भनाउँदोलाई । अत्ति गर्‍यो मलाई साथीहरू ।’

तेस्रो स्टाटस छ- आफू विवाह गरेर त्यही घरमा बच्चाहरूको अगाडि बस्ने लाज पचाएर अनि मलाई जथाभावी भन्ने, मुख छाड्ने । कोही आउँदा जाँदा जथाभावी बोल्ने । मेरो माइतीबाट परिवारका सदस्य, साथीहरू आउँदा नानाथरी भन्ने, डिस्टर्ब गर्ने धेरै भैसक्यो । अत्ति भएर बोल्दैछु आज । अदालतले मलाई पनि यो घर अंशमा दिएको छ । त्यसले मेरो घर, मेरो घर भनेर मात्र भनेर तनाव दिने । मेरो अधिकार खोज्न म कता जाने ? यो देशमा नियम र कानुन छ कि छैन ? अधिकार सुरक्षा छ कि छैन ? नयाँ सरकारले मलाई पनि मेरो हक अधिकार न्याय दिनुपर्‍यो ।’

चौंथो स्टाटस छ- यो घरमा ४ अंशियार, मेरो २५ प्रतिशत, मेरो छोरी २५ प्रतिशत, छोराको २५ प्रतिशत, अनि त्यसको २५ प्रतिशत । अनि तिमल्सिनाले कसरी त्यसको मात्र घर भन्न मिल्छ ?

पाँचौ स्टाटस- मलाई यो घरबाट निस्कि, निक्लेर जा, निक्लि है भनेर मलाई टर्चर दिन्छ…। अब यो घरबाट म निस्कने होइन, तँलाई निकाल्ने हो । तिमीले सुरु गर्‍यौ, म अन्त्य गर्छु ।

२०७९ जेठ २६ गते उषा र जीपी तिमल्सिनाबीच काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद भएको थियो । सम्बन्धविच्छेदको ६ महिनापछि त्यतिबेला अंशवण्डाको टुंगो नलाग्दै सोहीवर्षको मंसिर १९ मा प्रेमिका सविना अधिकारीसँग जीपीले दोस्रो विवाह गरेका थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?