News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वमिस नेपाल उषा खड्गीले सञ्चारकर्मी जीपी तिमल्सिनाविरुद्ध भक्तपुर प्रहरी परिसरमा अभद्र व्यवहार र धम्कीसम्बन्धी उजुरी दिएकी छन्।
- उषाले १७ चैतमा फेसबुकमा नयाँ सरकारले आफूलाई न्याय दिनुपर्ने र सुरक्षा चाहिएको स्टाटस लेखेकी थिइन्।
- जीपी र उषाको सम्बन्धविच्छेद २०७९ जेठ २६ गते काठमाडौं जिल्ला अदालतमा भएको थियो र सोही वर्ष मंसिर १९ मा जीपीले दोस्रो विवाह गरेका थिए।
काठमाडौं । सञ्चारकर्मी जीपी तिमल्सिनाविरुद्ध पूर्वपत्नी समेत रहेकी पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीले जिल्ला प्रहरी परिसर भक्तपुरमा सोमबार जाहेरी दिएकी छन् ।
डीएसपी प्रकाश जबेगुले अभद्र व्यवहार लगायतका कसुरमा उषाले जीपीविरुद्ध उजुरी दिएको बताए । अभद्र व्यवहार, धम्की र कुटपिटको प्रयास लगायतका आरोप उजुरीमा लगाइएको छ ।
परिसरका सूचना अधिकारीले पनि उजुरी परेको पुष्टि गर्दै प्रक्रिया अघि बढ्ने बताए ।
१७ चैतमा फेसबुकमार्फत उषाले आफूलाई सुरक्षा चाहिएको बताउँदै नयाँ सरकारले आफूलाई न्याय दिनुपर्ने सहितका श्रृंखलाबद्ध फेसबुक स्टाटस लेखेकी थिइन् ।
उनले त्यतिबेला प्रहरी, प्रशासनमा शान्ति सुरक्षा माग्दै उजुरी दिने संकेत पनि गरेकी थिइन् । उनले अंशवण्डाको कुरा उठाउँदै आफूले न्याय पाउनुपर्ने र आफ्नो जीवनमा हस्तक्षेप हुन नहुने बताएकी थिइन् ।
२०७९ जेठ २६ गते उषा र जीपीबीच काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद भएको थियो । अलग भएको ६ महिनापछि त्यतिबेला अंशवण्डाको टुंगो नलाग्दै सोहीवर्षको मंसिर १९ मा प्रेमिका सविना अधिकारीसँग जीपीले दोस्रो विवाह गरेका थिए ।
प्रतिक्रिया 4