+
+
Shares

वर्षा रोकिएपछि बीपी राजमार्गमा चल्न थाले गाडी

कपिल कोइराला कपिल कोइराला
२०८२ चैत १८ गते ६:०१

१८ चैत, काभ्रेपलाञ्चोक । वर्षा रोकिएपछि बीपी राजमार्गमा यातायात सञ्चालनमा आएको छ । मंगलबार बेलुकादेखि वर्षा रोकिएको र जोखिम कम भएको कारण यातायात पुन: सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहले जानकारी दिए ।

मंगलबार साँझ ७ बजेदेखि पनौती, नमोबुद्ध, दाप्चा क्षेत्रमा भारी वर्षा भएपछि चौकीडाँडा–नेपालथोक खण्डमा वर्षातका कारण हुने जोखिमलाई मध्यनजर गर्दै यातायात सञ्चालनमा रोक लगाइएको थियो । वर्षा रोकिएपछि काभ्रेभन्ज्याङ र नेपालथोकमा होल्ड गरेर राखिएका सवारीसाधन सन्चालन भएको छ ।

निर्माणाधीन रहेकाले बीपी राजमार्गको चौकीडाँडादेखि नेपालथोकसम्म रोशी खोलामै अस्थायी डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन हुँदै आएका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?