News Summary
Generated by OK AI. Editorially reviewed.- मालपोत कार्यालय भरतपुरमा बिचौलियाको कार्य गर्दै आएका १६ जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार नियन्त्रणमा लिएको छ।
- पक्राउ पर्नेमा कालिका, भरतपुर, रत्ननगर लगायतका ठाउँका विभिन्न उमेर समूहका व्यक्तिहरू छन्।
- कार्यालयले अबदेखि परिचयपत्र वाहक भू–सेवा सञ्चालकहरूलाई मात्र सेवा लिन प्रवेश दिने व्यवस्था गरेको छ।
१९ चैत, काठमाडौं । मालपोत कार्यालय भरतपुरमा बिचौलियाको कार्य गर्दै आएका १६ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार उनीहरूलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा कालिकाका वर्षीय ५० डीलबहादुर भण्डारी, भरतपुर– १० का ४३ वर्षका काशीराम वाग्ले, भरतपुर– ६ का ५९ वर्षका विष्णुप्रसाद शर्मा, भरतपुर– १२ का ४१ वर्षका रामकृष्ण घिमिरे, कालिका–६ का ४९ वर्षका टेकनाथ वाग्ले, भरतपुर– १३ का ४९ वर्षका कमलराज ढुङ्गाना, भरतपुर– ११ का ४२ वर्षका रघुनाथ पौडेल, रत्ननगर–१५ का ३६ वर्षका दिवस बुढाथोकी छन् ।
यसैगरी पक्राउ पर्नेमा भरतपुर– ८ का ३८ वर्षका बासुदेव आचार्य, रत्ननगर– १० का ४४ वर्षका कान्छा महतो, खैरहनी–४ का २२ वर्षका गणेश बहादुर नेपाली, भरतपुर– २३ का ५८ वर्षका सुभाष पौडेल, भरतपुर– ९ का ६० वर्षका हरेराम पन्त, भरतपुर–१५ का ४३ वर्षका राम अधिकारी, भरतपुर–१२ का ५२ वर्षका कृष्णप्रसाद रेग्मी र रत्ननगर– ८ का ३५ वर्षका रोहित महतो छन् ।
मालपोत कार्यालय भरतपुरले सेवाग्राहीलाई सेवा प्रदान गर्ने क्रममा केही अनधिकृत व्यक्तिहरू कार्यालयमा प्रवेश गरी सेवाग्राहीलाई झुक्याउने तथा ठगी गर्ने गरेको गुनासो आएको जनाएको छ ।
कार्यालयले अबदेखि सेवा लिन आउने सम्बन्धित व्यक्तिहरू र कानुन बमोजिम दर्ता भएका भू–सेवा सञ्चालकहरूलाई मात्र कार्यालयमा प्रवेश दिने जानकारी गराएको छ ।
परिचयपत्र वाहक भू–सेवा सञ्चालकले कार्यालय प्रवेश गर्दा अनिवार्य रूपमा परिचयपत्र साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया 4