+
+
Shares

धुलिखेल–खावा सडकमा कालोपत्रेको काम सुरु

कपिल कोइराला कपिल कोइराला
२०८२ चैत २२ गते १०:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा ४ किलोमिटर सडकमा कालोपत्रे काम सुरु भएको छ।
  • सडक डिभिजन कार्यालय भक्तपुरले पुरानो ठेक्का रद्द गरी नयाँ ठेक्का १४ महिनामा काम सक्ने गरी दिएको छ।
  • सिएम एवन काली जेभीले तोकिएको समयमा २० सेन्टिमिटर बेस र दुई चरणको कालोपत्रे गर्ने दावी गरेको छ।

२२ चैत, काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकमा पिच (कालोपत्रे) को काम सुरु भएको छ ।

सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार धुलिखेल चोकबाट कालोपत्रेको काम सुरु भएको हो । ‘धुलिखेल–खावा ४ किलोमिटर सडकमध्ये पहिलो चरणमा २.५ किलोमिटर सडक कालोपत्रे हुनेछ भने दोश्रो चरणमा १.५ किलोमिटर कालोपत्रे हुनेछ,’ योगेशले भने ।

अघिल्लो पटक २०७९ जेठ २० मा २२ महिनामा काम सक्ने गरी  गौरी पार्वती निर्माण सेवाले ठेक्का पाएको थियो । सडक बनाइसक्नुपर्ने मिति सकिएको ११ महिनासम्म पनि निर्माण सम्पन्न नगरेपछि २०८१ फागुन २५ गते  सडक डिभिजन कार्यालय भक्तपुरले ठेक्का रद्द गरेको थियो ।

पुरानो ठेक्का रद्द गरेर १४ महिनामा काम सक्ने गरी गत साउनमा नयाँ ठेक्का खुलाइएको थियो । नेपाल सरकारबाट ४२ करोडको श्रोत सुनिश्चित भई १४ महिनाको अवधि तोकेर नयाँ ठेक्का लगाइएको छ । यस ठेक्का अनुसार बर्खा नलाग्दै सडकमा पिचको काम सक्नेगरी सिएम एवन काली जेभीले ठेक्का पाएको थियो ।

ठेक्का पाएको सिएम एवन काली जेभीका कन्ट्याक्ट् म्यानेजर राजन योगलले तोकिएकै समय भित्र काम सकिने दावी गरे । ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र अस्फाल कालोपत्रे गर्ने उनले बताए ।

उक्त सडक नेपालको उत्तरी छिमेकी चीनसँगको छोटो दुरीको नाका कोदारी लगायत सिन्धुपाल्चोक, रामेछाप, दोलखा, ओखलढुंगा लगायतका स्थानमा जान प्रयोग हुन्छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?